ओली सरकार र प्रचण्डको सरकार

केपी ओली नेतृत्वको सरकारलाई काँध हालेर जसरी प्रचण्डले नयाँ सरकारको गठन गरेका थिए । उनले ओलीलाई सरकार प्रमुख बनाउनु भन्दा अघि आफु पनि देशको प्रधानमन्त्री भैसकेका थिए । लामो अनुभव नभएपनि छोटो अनुभव संहालेका प्रचण्डलाई ओलीले शिर्ष नेताको रुपमा जिम्मेवारी दिए र ओलीले आफुले सरकारले गर्नुपर्ने कार्यहरु गरे ।
सँधै समन्वयका आधारमा हुने सरकार संचालनका केही कुराहरु मध्य कार्यकारी अधिकार पाएका प्रधानमन्त्री के.पी. ओलीले देशको लागि गर्नुपर्ने काम गर्न सक्ने र अन्य प्रधानमन्त्रीहरुले नसक्ने भन्ने त नहुनुपर्ने हो । देशमा लामो नाकाबन्दीकै बेलामा सरकार सम्हालेका ओलीले गरेका धेरै राम्रो कामहरु गतिला नीतिहरुलाई आज बन्ने प्रचण्ड सरकारले अंगाल्दै ओली सरकार भन्दा अँझै राम्रो र प्रभावकारी कामहरु गर्नुपर्ने देखिएको छ ।
नेपाल र नेपालीहरुको भाग्य र भविष्य सँग जोडिएका कतिपय कुराहरुमा ओली सकारले लिएको अडानलाई कामय राख्दै झनै सशक्त रुपमा आफ्ना कार्यहरु बढाउन सकेमा अहिलेको सरकारलाई परेका नीतिगत अफ्ठेराहरु फुकाउनका एमालेले समेत सहयोग गर्नुपर्ने देखिन्छ । मुलुक संचालनको लागि सशक्त प्रतिपक्षको आवश्यकता स्वभाविक हुन्छ तर भुकम्प पछिका बिभिन्न समस्याहरु, संविधान कार्यान्वयन लगायतका बिभिन्न समस्याहरुलाई मिलेर सामना गर्नुपर्नेबेलामा सत्ता पक्ष मात्र नभै सरकार ढाल्ने खेलमा लागेका दलहरु र नेपालमा अन्यौलता पैदा गराउने बिभिन्न दाउपेचहरुका कारण मुलुक झन संकटमा पर्न सक्ने संभावना त्यतीकै देखिएको छ । सरकार धकेलेर फाल्दा समेत ओली सरकारको नाम सँगै जोडिएको माओवादी प्रचण्डको सरकारले अँझै उत्कृष्ट र नयाँ कामको थालनी गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार