राज्यको नजरमा नपरेको महावु धाम

अहिले मुलुकमा परिवर्तनलाई संस्थागत गर्ने तयारीमा छ । देश संचालन गर्ने नेता र नेतृत्वहरुले भित्रि मनबाट चाहना गरेनन् भने यो परिवर्तन पनि संस्थागत हुन नसक्ने आशंकाहरु त्यतीकै देखिएका छन् । केही नेता र राज्य संचालन गर्ने नेतृत्व यस्ता देखिएका छन् जसले पश्चिम नेपालका ऐतिहाँसिक धरोहरहरुको कुनै मुल्य नै नभएको ब्याख्या र विश्लेषण समेत गर्ने गर्दछन् । अहिलेको  परिवर्तन सँगै प्रदेश नं. ६ मा रहेको दैलेखका ऐतिहाँसिक बस्तुहरुको बारेमा त राज्यले न बिगतका दिनहरुमा चासो र चिन्ता देखायो न अहिलेका दिनहरुमानै चासो र चिन्ता लिने देखिन्छ । संभवत प्रदेश नं. ६ को सवैभन्दा अग्लो स्थानमा पर्छ महावु धाम । महावुको महिमा, भिन्दै छ । महावुको शक्ति भिन्दै छ । पाटनमा देखिने मनमोहक दृश्य यसले धार्मिक मात्र हैन अन्य सवै पर्यटकहरुलाई लोभ्याउने गरेको छ ।  समुन्द्र सतहदेखि ४ हजार २ मिटर उचाईमा लाग्ने महावु धाममा धार्मिक मेला भर्न हरेक बर्ष हजारौं तिर्थयात्रीहरु जाने गर्दछन् । यात्रीहरुका लागि अहिलेसम्म उचित बासस्थान निर्माण हुन सकेको छैन् । यो त सामान्य कुरा भयो अर्कोतर्फ यहाँको महिमा, यहाँ आउने हजारौ तिर्थ यात्रीहरुको आस्थालाई देश बिदेशमा परिचित  गराउनुपर्ने आवश्यकता रहेको भएपनि   राज्यले त्यसतर्फ सामान्य पनि ध्यान दिन सकेको छैन् । दैलेखका स्थानीय निकाकयहरुले जिल्लामा लुकेर रहेका ऐतिहाँसिक महत्व बस्तुहरुको खोजी सँगै विभिन्न ३२ जातजातीको उद्गम स्थलको कुरा होस वा नेपाली भाषाको पहिलो लिपिबद्ध ईतिहाँस होस्, हजारौं बर्ष पुराना मुर्ती र देवलहरु किन नहुन वा यहाँको पंचकोशी क्षेत्रको महिमा किन नहोस सवैलाई भिन्न भिन्दा क्षेत्रको पहिचानका रुपमा विस्तार गर्नु अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार