अचेल अधिकारको चर्चा धेरै हुन्छ । हामीलाई यो अधिकार पुगेन, त्यो अधिकार पुगेन भनेर माग भइरहन्छ । आन्दोलन भइरहन्छ । कतै महिला अधिकारको कुरा । कतै आदिवासी अधिकारका कुरा । कतै दलित अधिकारका कुरा । कतै सूचना अधिकारको कुरा । बाल अधिकारका कुरा पनि त्यतिकै सुनिन्छ । आखिर के होला यो अधिकार भनेको ? यो कुरा सबैको लागि पक्कै चासोको विषय बनेको छ । हरेक अधिकारसँग कर्तव्य पनि जोडिएको हुन्छ । अधिकार र कर्तव्य एउटै सिक्काका दुई पाटाजस्तै हुन । धेरै किसिमका अधिकारको चर्चा र परिचर्चा भैरहँदा पछिल्ला दिनमा चर्को बहसको रुपमा आएको र संविधानले अधिकारको रुपमा व्यवस्था गरेको आद्य अधिकार त्यो पनि पोषणयुक्त खाने कुराको अधिकारको बारेमा पनि चर्चा चलेको छ ।
बजारमा ल्याईएका बिषादी जन्य बस्तुहरुले मानव शरिरमा प्रत्यक्ष प्रभाव पार्दै गएको छ भने अर्कोतर्फ स्थानीय र पोषणयुक्त उत्पादन गर्न मानिसहरुले बिर्शदै गएको अवस्था देखिन्छ । अधिकारका कुरा गरिरहदाँ अझै पनि विभिन्न स्थानहरुमा पोषीलो खानेकुराको अभावमा नेपाली नागरिक बाचिरहेका छन् । मध्य तथा सदुरपश्चिमका बिभिन्न जिल्लाहरुका अँझै पोषणको समस्या धेरै देखिएको छ । आफुले उत्पादन गरेका बस्तुहरु महंगोमा बिक्रि गर्ने र बजारमा बिक्रिका लागि ल्याईएका म्याद गुज्रिएका बिषादी प्रयोग गरिएका सामानहरुको उपयोग दिनप्रतिदिन बढ्दै गएको छ । जसका कारण बालबालिकाहरु कुपोषण जस्ता समस्यामा परेका छन् ।
अव परम्परागत र पौष्टिक आहार भएका बस्तुहरुको उत्पादन गरि त्यस्ता बस्तुहरुको सहि सदुपयोग गर्नेबारे व्यापक मात्रमा जागरण अभियान संचालन गर्नुपर्ने जरुरी देखिन्छ ।








