सुरक्षामा देखाईएको चासो सान्र्दभिक

जिल्लामा बिगतका बर्षहरु झै यो बर्ष चोरीका घटनाहरु धेरै भएका छैनन् । बिभिन्न खाले मेला पर्व र बिशेष समयमा सदरमुकाम भित्र हुने विभिन्न अन्य अपराधिक गतिविधिहरु नियन्त्रणका लागि प्रहरीले नागरिकसँग गरेको व्यवहार परिवर्तनले पनि केही सकारात्मक सन्देशहरु प्रदान भएको देखिन्छ । अपराध गर्ने व्यक्तिहरुलाई कानुनी उपचारमा अगाडी बढाउँदा जिल्लास्तरका राजनीति दलहरुले प्रहरी प्रमुखलाई सुरुवाको धम्कि दिने जस्ता प्रचनलका कारण प्रहरीले अहिलेसम्म खुलेर काम गर्न नसकेका कैयन उदाहरणहरु दैलेख जिल्लामा पनि छन् ।
सबै कुरालाई मध्य नजर गर्दै प्रहरीले जिल्लामा प्रवाह गरेको सुरक्षा रणनीतिलाई थप मद्धत पुग्ने र प्रहरीले प्रदान गर्ने सेवामध्येको उत्कृष्ट सेवा अन्तरगत प्रविधियुक्त सेवाको सुरुवात दैलेखमा गर्ने तयारी भएको छ । यो जिल्लाको गौरवको बिषय हो ।
दैलेख उद्योग बाणिज्य संघको अगुवाईमा सुरु गर्न थालिएको यस्तो कार्य कुरामा मात्र सिमिति हुने हो कि भन्ने प्रश्न पनि उठ्ने गरेको छ । दैलेखका महत्वपुर्ण दशवटा स्थानहरुमा क्यामेरा जडान गरि गरिने सुरक्षा गतिविधिले पक्कै पनि जिल्लाको शान्ति सुरक्षा प्रर्वद्धनमा ठूलो सहयोग पुग्ने आशा गरिएको छ ।
जिल्लाका राजनीति दलहरु, जिल्ला बिकास समिति, नारायण नगरपालिका, गैर सरकारी संस्था महासंघ, निर्माण व्यवसायि संघ, सुनचाँदी व्यवसायि संघ, सामाजिक सेवा केन्द्र सोसेक, एभरेष्ट क्लव लगायतका संघ संस्थाहरुको सहयोगमा सुरु गरिन थालेको यो कार्यले मुर्त रुप पाउनुका साथै समाजमा हुने अपराधिक गतिविधि न्यूनिकरण हुने पक्का देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार