सँस्कृति जोगाउने र बचाउने अभियानमा सबैको सहयोग जरुरी

दैलेखको कला सँस्कृति र ऐतिहाँसिकताको बयान गर्नेहरुले निकै धनि, क्षेत्र भनिएपनि राज्यको सम्वन्धित निकायले यहाँका कला सँस्कृति संरक्षण र संवृद्धनका लागि खासै चासो दिन सकेका छैनन् । पाँचवटा क्षेत्रबाट दैलेख परिचित भएको कुरा यो देशको प्रधानमन्त्री चलाएका व्यक्तिहरुलाई समेत थाहा छ तर दैलेखको पर्यटन बिकासका लागि राज्यले गम्भिर भएर लगानी गर्न सकेको छैन् ।
राज्य दैलेखप्रति गम्भिर भएको भए हजारौं पर्यटकहरु जिल्लामा आउने र राज्यको अर्को आम्दानीको स्रोत बन्न सक्ने अवस्था एकातिर छ अर्कोतर्फ राज्यले दैलेखमा पेट्रोलियम पदार्थ छ भनेर ठोकुवा समेत गरिसकेको छ । जसको अनुसंन्धान सुरु भैसकेको छ । यस्ता कुराहरुलाई फेरी यो वा त्यो बाहनामा तुहाउने प्रयासहरु समेत भएको देखिन्छ ।
राज्य र नागरिकहरु आफ्नो क्षमतामा उभिन खोज्दा अनेकन कुराहरु बाहिर आउने र सत्ता उथलपुथल समेतका खेलहरु हुने हाम्रो नेपालमा बिकास बिरोधिहरुको बर्चश्व भएको जस्तो देखिन्छ । दैलेखमा प्रसस्त संभावना भएकै कारण बिकास हुन नसकेको भन्ने टिप्पणी गर्नुपर्ने अवस्था समेत अहिले देखिएको छ ।
हाम्रो सयौं बर्ष पुरानो कला सँस्कृतिहरु जोगाउने अभियानमा युवाहरु तल्लिन देखिएका छन् । आ– आफ्ना केही साना स्वार्थ सवैका होलान् तर बास्तवीक धरातल भित्र रहेर दैलेखका ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक कुराहरुको पहिचान भएको छ यसको उचित सम्मान गरेर राज्यले बाह्य देशका नागरिकलाई भित्राउन मात्र सकेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार