सुरक्षा सर्तकता र सडक दुवैको स्तर बृद्धि हुनुपर्दछ

कर्णाली राजमार्ग बिगत पाँच बर्षदेखि दुर्घटनाकै कारण चर्चीत राजमार्ग बनेको थियो । साँगुरो सडक, लामो यात्रा, तीब्र गती अँझै रातको समयमा चालकहरुले मादकपदार्थ सेवन गर्नै चलनका कारण निकै ठूला ठूला दुर्घटनाले चर्चीत कर्णाली राजमार्गको चर्चा आजभोली कम छ ।
मुत्यु मार्गको उपमा समेत पाएको कर्णाली राजमार्गमा सुरक्षाका लागि खटिएको सुरक्षा टोलिले सुरक्षा सर्तकतालाई महत्वका साथ अगाडी बढाएपछि , रातको समयमा अत्यावश्यक बाहेकका सवारी आगमनहरुलाई रोक लगाएपछि र सडकको केही स्तर उन्नती भएपछि यो बर्ष दुर्घटना निकै कम भएको तथ्याँक प्रहरीले सार्वजनिक गरेको छ ।
लामो यात्रा साँगुरो सडक यात्रा गर्ने यात्रुहरुलाई समेत थकान हुने र पट्यार लाग्ने भएपछि विभिन्न तीनवटा स्थानहरुमा रिफ्रेसर सेन्टरको स्थापना गरेकोले पनि चालकलाई सहज भएको छ भने सडकको स्तर बृद्धि भई पक्कि सडकका रुपमा परिणत भएपछि पनि दुर्घटना घटेको देखिन्छ ।
ट्राफिक प्रहरी सक्रियता बढेको छ । सवारी साधानको अवस्था, ड्राईभरको अवस्थाको बारेमा समेत विश्लेषण गरेर गाडी अगाडी बढाउन सुझाव दिने काम प्रहरीले गरेको छ । सिट क्षमताको आधारमा मात्र यात्रुहरु राख्ने चलनलाई अनिवार्य बनाएपछि कमि भएको दुर्घटनालाई अँझै नियमसँगत र विधिसँगत बनाउनका लागि प्रहरीको सुरक्षामा बृद्धि गर्नुका साथै सडकको स्तर बृद्धि पनि अनिवार्य रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार