नेपाली जनताहरुले लामो ऐतिहाँसिक आन्दोलन सफलतापुर्वक पार गरेको देशको उन्नती र प्रगतितर्फ पाइलाहरु अगाडी बढाउँदै गरेका बेला एक्कासी हुने विभिन्न खाले परिवर्तनहरुले संस्थागत बिकासलाई कता कता ओझेलमा पार्ने गरेको देखिन्छ ।जनताहरुले गरेका बिभिन्न अपेक्षाहरु एक्कासी परिवर्तन गर्न चुनौतीपुर्ण हुने गरेपनि कतिपए नीतिगत व्यवस्थाहरु र कर्मचारी तन्त्रका कारण पनि सरकारले आँठे कामहरु पुरा गर्न नसकेका उदाहरणहरु पनि नेपालमा नयाँ होइनन् । देशको मुल कानुन निर्माण भैसकेको छ । संघियता संस्थागत हुने क्रममा अगाडी बढेको छ । यस्तो परिस्थितीमा नेपालमा आएको बिनाशकारी भूकम्पले समेत नेपालको प्रगती र उन्नतीलाई थप समस्यामा पारेको छ ।
ठूला देखि साना सवै पार्टीहरुका आ आफ्ना स्वार्थ र छिमेकी मुलुकहरुले बेला बेलामा आफ्नो स्वार्थ पुरा गर्नका लागि गरिने विभिन्न प्रयासहरुका कारण नेपालको आर्थिक, सामाजिक, राजनैतिक बिकासमा समस्या कायमै देखिन्छ । पछिल्लो सरकार परिवर्तनको एक महिना पुरा भएको सन्र्दभलाई हेर्ने हो भने सरकारबाट जनताहरुले धेरै आशा र भरोसा गरेका छन् । तराईको आन्दोलनलाइ सम्बोधन सँगै मुलुकमा भएको परिवर्तन संस्थागत गर्नका लागि पनि चुनाव निकै अनिवार्य बिषय बनेको छ । यस्तो बेलामा सत्ता सम्हाल्ने मात्र कुरालाई बढी महत्व भन्दा देश र जनताको मुख्य बिषय र नेपालको परिवर्तन संस्थागत हुने बिषयको रुपमा रहेको संघियता र यसका तीन चरणका चुनाव पहिलो आवश्यकताका रुपमा सरकारले लिनुपर्ने देखिन्छ ।








