सडकमा हुने लापरवाही कहिले बन्द हुन्छ ?

सडक मानव सभ्यता बिकासको महत्वपुर्ण अंगको रुपमा देखिन थालेको छ । सडक संजाल नभएसम्म स्थानीय बासिन्दाहरुको आर्थिक अवस्था सुधार हुन र स्थानीय उत्पादनहरुको बजारीकरण हुन सक्दैन भन्ने मान्यताका आधारमा बिकासमो महत्वपुर्ण मेरुदण्ड मानेर सडक खन्ने गरिन्छ ।
बास्तवमा सडक निर्माण आवश्यकताको बिषय बन्नु राम्रो हो तर सडक बिस्तारसँगै हामिले अन्य जिल्लाको उत्पादन भित्राउने तर जिल्लाको उत्पादन के बाहिर पठाउने भन्ने हेक्का नगरेरै लाखौं रकम सडकमा खन्याएका छौं । घरमा उत्पादन भएको पोषिलो चिज बेचेर गाडी चढ्ने हाम्रो प्रचलनको बिकास एकातिर बढ्दै छ अर्कोतर्फ सेतो हात्तिको उपमा पाएको सडक निर्माण र त्यसको जिम्मेवारी लिएका सम्वन्धित निकायहरुले अहिले सम्म नीति अनुसार सडक खन्न सकेका छैनन् ।
गाउँमा यती सम्म सडक मोह बढ्यो कि उधारोमा अनि डोजर ड्राइभरको ईन्जिनियरिंगका आधारमा सडकहरु खनिए जसका कारण लाखौ रकम सडकको नाममा अपचलन भयो । खर्च गरिएको करोडौं रकमको प्रतिफल आउन सकेन् । अहिलेपनि असारको महिनामा सडकका नाममा रकम विच्छ्याउने अनि भलले सवै रकम सोरेर समुन्द्रमा लिने प्रचलन कायमै छ । जिम्मेवार निकायहरुले सडक निर्माण सँगै अनिवार्य नालि निर्माण र सडक निर्माण गर्दा मासिएका रुख बिरुवाहरु पुर्न रोपण जस्ता कार्यहरु गर्न नसकेका कारण सडकको नाममा बातावरण समेत बिग्रदै गएको छ । यस्तो लापरवाही रोक्ने निकायहरु किन मौन बसेका छन् । अव जनताहरुले यस्तो कुराको खोजी गर्नु आवश्यकता देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार