कसरी बढाउन सकिन्छ विद्यालय भर्ना अभियान

गरिवी, दुर्गम क्षेत्र र प्राय अभिभावकहरु कामको खोजीमा भारत जानुपर्ने बाध्यता रहेका पहाडी जिल्लाहरुमा विद्यालय जानु भन्दा घाँस दाउरा र गाई भैसी चराउन जाने चलनमा आजभोली केही कमि आएको छ । अलिकति उमेर बढ्ने बित्तिकै अभिभावकहरु सँग कमाउनका लागि भारत जाने बालकहरुको चलन भने अँझै रोकिएको छैन यसको मुख्य कारण गरिवी हो । गरिवीकै कारण भारत जान बाध्य कतिपय पुरुषहरुले एच.आई.भि. संक्रमण जस्तो खतरनाक रोग ल्याएर आएपछि दैलेखमा कतिपय बालबालिकाहरु समेत त्यसको संक्रमणमा परेका छन । यि र यस्ता धेरै समस्याहरुका कारण कतिपय बालबालिकाहरु चाहना भएर पनि विद्यालय जान नसक्ने अवस्थामा छन ।  सरकारले विद्यालय बाहिर रहेका विद्यार्थी हरुलाई कक्षा भर्ना देखिका विभिन्न अभियानहरु संचालन गर्दै आएको छ । जिल्लामा पनि यस्ता धेरै अभियानहरु संचालनमा आएका छन । अभियान संचालन सँगै कतिपय बालबालिकाहरु विद्यालय भर्ना हुन सफल पनि भएका छन । आर्थिक अभाव भएका बालबालिका हरुका लागि छात्रबृद्धि लगायतका अभियानहरुले विद्यालय जान केही सहजता भएको भएपनि दिगो समाधान भने अँझै हुन सकेको देखिदैन ।  सँधै भरी मुल नाराको रुपमा रहने विद्यालय भर्ना अभियानलाई सार्थकता बनाउनका लागि मुख्य समस्याको खोजी गरि त्यसको निराकरण गर्न सम्वन्धित निकायहरु लाग्नुपर्ने देखिन्छ । समस्या पहिचान नगरेर अभियानको नाममा अभियान मात्रै संचालन गरेर सामान्य उपलब्धि हाँसिल भएपनि ठोस उपलब्धि हासिल हुन सक्ने देखिदैन । जिल्लामा बालबालिकाहरुको अधिकार संरक्षण लगायतका विभिन्न क्षेत्रमा कामहरु गर्दै आएका सम्वन्धित निकायहरुले समस्याको पहिचान र समाधानको उपाय बस्तिस्तरबाटै गर्न सके राम्रो होला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार