जनचेतना जगाउन आवश्यक छ ।

संसारमा जिवित सबै मानवहरुले मानवअधिकार तथा न्यायको प्रत्याभुति पाउनुपर्छ । वर्तमान समयमा मानवअधिकार संरक्षणका लागी संयुक्त राष्ट्र संघको स्थापना भएको छ । यसमध्ये बालअधिकार प्रमुख पक्षका रुपमा लिइन्छ । बाल अधिकार भनेको बालकले पाउनैपर्ने जन्मसिद्ध अधिकार हो । त्यहि जन्मसिद्ध एवं मौलिक अधिकारको स्वतन्त्र रुपले उपभोग गर्नु नै बालअधिकार हो । बालबालिका भनेका काँचा माटा हुन । यीनिहरुको रुप सृजना गर्ने काम वयस्कको हो । बालबालिकाको हेरविचार गर्भभित्र रहदा देखि नै गर्नुपर्छ । उसलाई कुपोषण हुन सक्छ, विभिन्न रोगको संक्रमण हुन सक्छ । त्यसलाई हामीले गर्भभित्रै नै उसलाई विभिन्न आन्तरिक एवं बाह्रय अवरोधवाट छुटकरा दिनुपर्छ । बालकले गर्भभित्र नै सुरक्षित एवं स्वतन्त्र रुपले जीवन सन्चालन गर्नु बालबालिकाको जन्मसिद्ध अधिकार हो । प्रत्येक बालबालिकाको माया, दया र शान्ति समझदारी एवं उचित शिक्षा पाउनु उसको जन्मैवाट पाएको र सन्तुलित भोजन आवासको प्रवन्ध र आफ्नो शरीर ढाक्ने कपडा आधारभूत आवश्यकताको स्वतन्त्र रुपले परिपुर्ति गर्न पाउनु हरेक बालबालिकाका अधिकार हो । हाल नेपालमा बालअधिकार निवारण सम्बन्धि विभिन्न प्रयासहरु भएता पनि दिनदिनै बालश्रमशोषण बालदुराचार जस्ता घटनाहरु घटीरहेका छन् । बालअधिकार अन्तरगत कुनैपनि बालबालिका लाई दुव्र्यवहार गर्न नपाईने र बालबालिकाहरु असहाय तथा अपांग छन् भने तिनिहरुलाई अझ विशेष रुपले हेरविचार गर्नुपर्ने हुन्छ । बालबालिकामा स्वतन्त्रता, समानता, आत्माजागरण र सहभागीता जस्ता असल गुण आवश्य हुनुपर्छ । नेपाल सरकारले बालबालिकाको स्वास्थ्यको रक्षा, शिक्षा प्राप्ती र व्यक्तित्व विकासमा सहयोग पुग्ने कार्यक्रमहरु ल्याएको छ अझैपनि कतिपय बालबालिकाहरु पिडित अवस्थामा छन् । यस्ता बालबालिकाको रक्षाका लागि सरकारी एवं गैरसरकारी क्षेत्रवाट सहयोग जुटाउन जरुरी छ । विगतको तुलनामा बालअधिकारको क्षेत्रमा वर्तमान समयमा धेरैनै राम्रा कार्यहरु भएका छन् । तर यतिले मात्र सन्तुष्टि हुने अवस्था भने छैन् । हरेक अभिभावकहरु, बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी वा गैर सरकारी संस्थाहरुले बाल अधिकारको बारेमा जनचेतना फैलाउनु पर्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार