सहकारी क्षेत्र व्यवस्थित हुनुपर्छ

नेपालको सन्दर्भमा सहकारीको इतिहाँस पाँच दशकभन्दा लामो भए पनि यो क्षेत्र अझै व्यवस्थित हुन सकेको छैन । २०१३ साल चैत २० गते पहिलो सहकारी संस्थाका रूपमा चितवनमा ‘बखान सहकारी” को स्थापना भएको थियो । तर, नेपालका सहकारीको प्रभावकारी विकास भने २०४६ को परिवर्तनपछि मात्र भएको हो । विश्व इतिहासमा आधुनिक सहकारीको स्थापना १८ औं शताब्दीमा नै भएको पाइन्छ । सहकारी एउटा यस्तो व्यवसाय हो जहाँ संयुक्त रुपमा सदस्यहरुद्वारा आर्थिक लगानी गरी व्यवसायवाट प्राप्त मुनाफा नियामनुसार वितरण गरिन्छ । एउटा अविच्छिन्न उत्तराधिकारी वाला, स्वायत्त, स्वतन्त्र र उद्यमशिल व्यवसायिक संगठन नै सहकारी हो । सहकारी निश्चित व्यवसायिक उद्देश्यका लागि गठन हुने हुँदा एउटा यस्तो उद्यम पनि हो जसले सदस्यलाई सेवा प्रदान गदर्छ । सहकारी समुदायमा बसोवास गर्ने मानिसहरुको अभियान हो । यो पूँजीवाद र शोषणबाट मुक्तिका लागि आम जनताको संयुक्त प्रयास हो ,जुन एकका लागि नभएर सबैका लागि हुने गर्दछ । सहकारी सबैका लागि खुल्ला हुने हुँदा हरेक नागरिकले यसको सदस्य बनेर योगदान गर्न एवं सेवा सुविधा ग्रहण गर्न सक्दछन । यो समुदायमा आधारीत, सदस्य केन्द्रित र सहकारीको मूल्य, मान्यता, सिद्धान्त र मर्म अनुरुप संचालन हुनुपर्छ ।
पछिल्लो समयमा गाउँदेखि शहरसम्म रुचाइएको सहकारीको अपरीहार्यतालाई आत्मसात गर्दै सबै पक्षबाट यसको जगेर्ना गर्नु जरुरी देखिएको छ । ग्रामीण स्तरमा आर्थिक स्तर कमजोर भएका सामुदायहरु तथा महिलाहरुको आर्थिक, सामाजिक सशक्तिकरण गर्न, महिला हिंसा न्यूनिकरण गर्न सहकारीको आवश्यकता देखिएको छ । किसानहरु का उत्पादनलाई संकलन गर्ने एवं बजार ब्यवस्थापन कार्यमा सहकारी संस्थाहरु अग्रसर हुनुपर्ने देखिएको छ । राज्यका तर्फबाट ग्रामिण स्तर देखि सहर बजार सम्मका सहकारी संस्थाहरुलाई व्यवस्थित बनाउदै लैजानुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार