हाम्रो देशमा उर्जावान र उच्च गुणस्तरका शिक्षित युवाहरु प्रशस्तै छन । उनीहरु देश भित्र काम नपाएर खाडी मुलुकहरुमा पलायन हुन बाध्य छन् । लाखौंको संख्यामा युवालाई मुलुकमै काम लगाउने नीति जबसम्म सरकारले प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउँदैन, तबसम्म शिक्षित युवाहरुको पलायनको क्रम अझ बढेर जानेछ । अब युवाहरुको लागि स्थान खाली गराउन सम्पूर्ण तह र तप्काबाट प्रभावकारी अभियानको थालनी गरिनु पर्छ ।
वर्षेनी लाखौको संख्यामा नेपालका युवाशक्ती विदेश पलाएनको जोखिम विषयमा सरोकारवाला निकाय नै मौन रहेको अवस्था छ । बढ्दो गरिबी, बेरोजगारी र देशको अस्थिर राजनीतिका कारण युवायुवतीको रोजगार गन्तव्यका लागि विदेशिन बाध्य भइरहेका छन । राज्यका तर्फबाट दक्ष जनशक्ति परिचालन गरेर मुलुकको समृद्धिमा प्रयोग गर्न सकिरहेको छैन । स्वदेशमै केही गर्न सकिन्छ भन्ने सोच बोकेका नागरिकको संख्या दिनहुँ घट्दो छ ।
नोलका युवा जनशक्ती इराक, अफगानिस्तान, कुवेत, सिरियाजस्ता युद्धग्रस्त मुलुक तथा खाडी मुलुक मलेसिया जस्ता मुलुकबाट हरेक दिनबन्द बाकसमा नेपाली दाजुभाइका शव आउनेक्रम जारी रहेपनि सरकारी निकाय मौन छन् । विदेशमा श्रम गरेका नेपालीको रेमिटेन्सले मुलुकको बजेटमा केही हदसम्म सहयोग पु¥याए पनि त्यसले निम्त्याउने दीर्घकालीन असर भने निकै भयावह हुने देखिन्छ । मुलुकको विकास निम्ती मेरूदण्ड मानिने युवाशक्तिहरु विदेशी भूमिमा जोखिमपूर्ण काम गरिरहनु परेको छ । त्यसैले देश भित्रै रोजगारीको सिर्जना गरि नेपाली उर्जाशिल शक्तीलाई विदेश पलायन हुनबाट रोक्नु पर्ने अहिलेको आवश्यकता हो ।








