चुनाव सार्ने षडयन्त्र कि ? गणतन्त्र धरापमा पार्ने षडयन्त्र ?

नेपालमा संविधान जारी पश्चात जनताका सवैखाले समस्याहरु समाधान हुने र आफ्नो अधिकार काठमाण्डौंमा नभई गाउँमै पाउने व्यवस्थाको जिम्मेवारी सम्हालेर आन्दोलनमा उत्रिएका हिजोका दलहरु अहिले सत्ताको लुछाचुडीभित्र हराउँदै जान थालेपछि मुलुक झन समस्या र संकटमा पर्ने खतरा उत्पन्न हुन थालेको छ ।
अहिले ठूला देखि सना सवै नेता र नेतृत्वबाट औपचारिक वा अनौपचारिक जुनसुकै बेलामा पनि जनतालाई सुनाउने एउटामात्र कुरा हो “संविधान कार्यान्वयन ” सवैले सुनाउने महत्वपुर्ण सब्द संविधान कार्यान्वयन हात्तिको देखाउने दाँत जस्तै भएको छ । भित्र भित्र कुनै यो वा त्यो बाहनामा आफ्नो स्वार्थ पुरा गर्न खोज्ने प्रवृतिका कारण नेपालको राष्ट्रियता समेत संकटमा पर्दै गएको भान नेपाली जनताहरुले गरेका छन् । भूकम्पको दर्दानाक अवस्थासँगै बल्ल बल्ल संविधान जारी गर्ने सहमती गरेका दलहरुले नेपालमा संविधानको जवाफमा लामो नाकाबन्दी छिमेकीबाट भोगेको बिर्सन नहुने पक्ष हो । जारी गरिएको संविधान कार्यान्वयनका लागि र जनताका अधिकारहरु गाउँस्तरसम्म बिकेन्द्रित गर्नका लागि पनि मुलुकमा चुनाव निकै महत्वपुर्ण कुरा भएको देखिन्छ भने सिमाँकन तत्काल टुँगोमा पुर्याउनुपर्ने देखिएको छ ।
देशमा अराजकता सृजना भैरहोस भनेर चाहना राख्नेहरुको ईशरामा चुनाव नगरेर जनताको अधिकार कुण्ठित मात्र हैन् , गणतन्त्र धरापमा पार्ने खेलहरु हुँदै छन् कि भन्ने आशंका नेपाली जनताहरुमा पालाउन थालेको छ । यस्तो अवस्थाको मध्यनजर गरि पुनः दलहरुको एकता र इमान्दारिता नै नेपालको भाग्य र भविष्य निर्धारणको महत्वपुर्ण पाटो हुन सक्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार