दशै शुभ रहोस्

दशै आम नेपालीहरु सँगै विशेष गरेर हिन्दू नेपाली हरुको सबैभन्दा ठूलो चाड हो । १० दिन सम्म पुजापाठ, व्रत र उत्सवकासाथ मनाइने यो चाड असत्य माथि सत्यको बिजय भएको सन्र्दभ भएकोले पनि बिशेष पुजापाठ गरेर मनाउने गरिन्छ ।
नेपालको राजनीतिक परिबेश र परिवर्तन सँगै दशैलाई निकै हर्षका साथ मनाउनुपर्ने दिनहरु एकातिर देखिएका छन् भने अर्कोतर्फ नेपालमा जारी गरिएको संविधान कार्यान्वयनमा देखिएको चुनौतीले फेरी पाएको अधिकार गुम्ने हो कि भन्ने चिन्ता समेत आम नेपालीहरुमा देखिएको छ ।
नेपालमा आएको बिनाशकारी भुकम्पले गरेको क्षती र त्यसबाट सृजना भएको जटिल परिस्थिती सँगै नेपालमा देखिएका अन्य विभिन्न अफ्ठेराहरुलाई सहजतामा परिणत गर्दै ठूला राजनीतिक दलहरुवीच देखिएको आपसी बुझाइको समस्या सदाका लागि अन्त्य भइ नेपाल र नेपालीहरुको आर्थिक अवस्था सुधार गर्ने नयाँ सोच पलाओस भन्दै बिजया दशमीको शुभकामना ब्यक्त गर्दछौं ।
दैलेखको इतिहाँसमा पहिलोपटक साप्ताहिकबाट यात्रा सुरु गरेको धमाका पत्रिका दैनिक हुँदै यसैबर्षदेखि दैलेख र सुर्खेतबाट समेत एकैसाथ प्रकाशन सुरु गरेको छ । हाम्रो यात्रालाई सफलतामा पु¥याउनका लागि पत्रिकालाई मायाँ गर्दै आउनुभएका सम्पूर्ण पाठक वर्ग, विज्ञापान दाता, शुभचिन्तक, लेखक लगायत पत्रिका प्रकाशनमा सहयोग गर्ने सम्पूर्ण टिम सँगै आम दैलेख र सुर्खेतमा बसोवास गर्ने सवै शुभचिन्तकहरुलाई धमाका दैनिक बिजया दशमीको शुभकामना प्रदान गर्न चाहन्छ । शाथै शक्तिस्वरुप महाकाली, महालक्ष्मी र महाशरस्वती लगायतले हाम्रा शुभचिन्तक, पाठक लगायत आम जिल्लाबासीहरुमा शुख, शान्ति छाओस् मनकामना पुरा गरोस् बिजया दशमीको शुभकामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार