खोक्रो राष्ट्रवाद र हामी निरिह नेपाली

भक्त किशोर श्रेष्ठ
टिस्टा देखि कागडा सम्म फैलिएको बिशाल नेपाल सन् १८१६ को सुगौली सन्धीपश्चात ८५५ कि.मि पुर्ब पश्चीम १९३ कि.मि उत्तर दक्षिण मा खुम्चियर रहेको छ । त्यसमा पनि पुर्ब मेची देखि पश्चिम महाकाली सम्म ७५ ठाउँमा हाम्रो सिमा अतिक्रमित छ । सन १९५२ अर्थात २००७ साल राणा शासनको अन्त्य र प्रजातन्त्रको उदय पश्चात भारतीय सेनाका सैन्य प्रशिक्षणको बाहानामा नेपाल भित्र १८ वटा पोष्ट खडा गरिए । सन् १९६२ को भारत चीन बीचको युद्धताका कालापानीमा भारतीय सैन्य क्याम्प विस्तार गरियो । युद्धको बेला कालापानीमा बोडर सेक्युरीटी फोर्श इन्डो तिब्बत सेक्युरोटी फोर्श कालापानी क्षेत्रमा स्थापना भएको थियो । यु४को अन्त्य पश्चात ईन्डो तिब्बत सेक्युरीटी फोर्श हट्यो तर भारतीय सैन्य क्याम हाल सम्म रहदै आयको ५ । अनाधिकुत तरिका बाट कब्जा गरिएको कालापानी क्षेत्रको लिपु लेक लिम्पीयाधुराको करिब करिब ३७२ बर्ग कि.मि नेपाली भुमिलाई भारतीय नक्सा भित्र पारिय को छ । २००८ साल तिरै कालापानीमा भारतीय सैन्य पोष्ट स्थापना भैसकेको थियो । २०१८ सालमा आएर जगजायर भएको हो । राजा महेन्द्रको शासन कालमा २०२६ सालमा कृतिनिधि विष्टलेको पालामा १८ वटा भारतीय सैन्य क्याम हटाइयो । कालापानीको क्याम्प किन हटेन किन हटाइयन रहश्यमयनेैे छ ।
आखीर भारतले नेपालमाथी किन थिचोमिचो गरिरहेको छ त श्री ३ राणाहरुबाट सासन सत्ता श्री छ मा राजामा ल्याउन राजा त्रिभुबन दिल्ली दरबारको सरणमा पुगेका थिए । त्यसै गरि तत्कालिन प्रजापरिसद आजको नेपाली काग्रेस राणाशासन बिरुद्ध सैन्य कारबाही भारतकै भुमि प्रयोग गरि भारतकै सहयोगबाट सञ्चालन गरिएको थियो । नेपाली रुपैया (भारुँ) सहित बिमान अपहरण गरी भारतमै लगिएको थियो । २०४६ सालको जन–आन्दोलनलाइ पनि भारतले सघाएको थियो । १० बर्षे जनयुद्धमा अप्रत्यक्ष रुपबाट हात हतियार भारत बाटै भित्राईको थियो । र जनयुद्धको अन्त्य पनि दिल्ली सम्झौताबाटनै भएको थियो । १० बर्षे जनयुद्धमा प्रचण्ड बाबुरामहरुले अधिकतम समय भारतमै बिताएका थिए । जनयुद्ध मा नेपालका नेपाली सेना प्रहरी दुस्मन ठानि प्रहरी पोष्ट सैन्य क्याम्पमा हमला गरियो त्यति बेला जनयुद्धका जन सेनालाई जन सेनाले कालापानी क्याम्पमा एक दुई वटा बम मात्र फालि दिएको भए पनि विरोधीले फाले भनेर सरकारलाई कालापानी अतिक्रमण विरुद्ध अन्तराष्ट्रिय करण गर्ने बाहना मिल्थ्यो होला
नेकपा केपी ओलीको राष्ट्रबाद कालापानीमा गयर लम्पसार परेको छ भन्ने देउबाको उदगार, राजा ज्ञानेन्द्रको मनोनयल लगायत ३,४ पटक प्रधानमन्त्री भैसकेका देशको सबै भन्दा पुरानो पाछि नेपाली कांग्रेसका बर्तमान अध्यक्षले कालापानी बारे कटाँक्ष गर्न सुहाउदैन । किनकी कालापानी क्षेत्र उनकै कार्यक्षेत्र पर्दछ र ६० बर्ष अगाडि देखि उक्तक्षेत्र भारतीय पक्षले कब्जा गरिरहेको छ । महाकाली नदीलाई सीमा क्षेत्र मानी महाकाली पुलमा रहेको नेपाल भारत झण्डा ३ किलोमिटर नेपाल भित्र सारि सिमाद्धार बन्दा समेत र कैलाली लालकोजिको २० बिगाहा नेपाली भुमि अतिक्रमण बारे देउबा अनभिज्ञ थिए ??? राष्ट्रियताको कुरा गर्दा नेपाल भारतको एउटा प्रशासनिक एकाई मात्र हो , नेपालले स्वत्रन्त्र राष्ट्रको हैसियतले संयुक्त राष्ट्र संघको सदस्यता लिन सक्दैन भन्ने उक्ती र राजासँग घाँटि जोडिएका उद्गारहरु बाट तत्तकालिन परिबेशमा देशको राष्ट्रिय अखण्डता ,राष्ट्रबाद बारे बुझन् सकिन्छ । २००७ साल बाटै सिमा अतिक्रमण सुरु हुदै मेची देखि महाकाली सम्म ७५ स्थानमा नेपाली सीमा अतिक्रमीत छ । लालपुर्जा नेपालीको हातमा जग्गा भारतको हुदा पनि ६० बर्ष देखि हालसम्मका सरकारहरुले के हेरेर बसेकाछन्? भनिन्छ माग्नेको आत्म निर्णयको अधिकार रहदैन हुदैन । बिकाश निर्माणका काम लगायत नुन तेल पेट्रोल मेसिन औजार देखि कृषि प्रधान हाम्रो देशमा दाल,चामल, तरकारी,खसी,बोका , माछा समेत भारतबाट आयात गरिन्छ । निम्नकोटि को मज्दुरी कुल्ली ,दर्बान ,बैयरा, भरिया बनेर लाखोै नेपाली भारतमा भरियका छन् । बम्बैका कोठिहरुमा नेपाली चेलिहरु भरियका छन् । स्वदेशमा बिदेशीहरुले खोलिदियका कलकारखाना पनि भ्रष्ट्राचारको अखाडा बनाई कौडिको दाममा कमिशनको खेलमा बिक्री बितरण गरियको छ । ५०औ लाख नेपाली भारत लगायत खाडिमुलुकमा रोजगारीका लागी बिदेशीन बाध्य पार्ने भ्रष्टाचारमा चुरलुम्म डुबेको लाउडा, धमिजा,चाईना साउथ वोयस्ट चेजएअर हालसालैको एन सि एल र ठुलो बिमान लगायतका काण्डैकाण्डमा डुबेको देश जुन देशमा ढज्ञ.घट प्रतिशत ओमकार परिवार रहन्छन । ८०.६२ हिन्दु १०.७४ बौद्ध रहन्छन , दुई चार जना नेताका स्वार्थमा राष्ट्रलाई धर्म निरिपेक्ष पारीन्छ , जुन देशमा बैदेशिक ऋणको ब्याँज तिर्न ऋण लिनु पर्ने र देशको बजेट समेत बैदेशीक ऋण र अनुदानमा आश्रृत हुने र बिगतका अस्थिर सरकारहरु कुर्चि जोगाउन सत्ता थाम्न दिल्ली दरबार धाउनेहरुबाट देशको अस्मिता रक्षा गर्न सम्भब थियन र भयन पनि । भारतले कालापानी क्षेत्र ६० बर्ष देखि कब्जा गरेको र नेपाली नेताहरुले दाशत्व स्वीकार गरेको प्रमाण हाल सालै भारतले प्रकाशन गरेको नक्सा हो । आज देश आत्मनिर्णय सहितको संघियतामा निकै कम्जोर हुदै गयको ५ । हिमाल पहाड तराई कोहि छैन पराई सबै नेपाली भाई भाई भन्ने राष्ट्रिय एकता को मुल मन्त्रलाई सत्ता स्वार्थकालागि पहाडमा लिम्वुवान ,खम्बुवान,मगरात ,किरात,नेवा राज्य लगायत जातीय क्षेत्रीय,भेगिय,भासिक राज्यको अबधारणा तत्कालिन माओबादी पार्टिले युद्धताका घन्कायको थियो । समस्त तराई,मधेश एक प्रदेशको नारा घन्कीनु नुन,तेल,दाल, चामल,औषधि,तरकारी लत्ताकपडा भारतबाटै सिमा क्षेत्रका भारतीय मुलका नेपाली हरुको भेषभुषा , बिहाबारी भारतसँगै हुने सानो देश नेपाल भारुको तुलनामा सानो नेपाली रुपैयाँ मधेशी नेताहरुले पर्बते ब्रामहण बाद र मधेशीलाई राज्यले उपेक्षा गरेको भ्रम मधेशमा छरेका छन् । आफ्ना मधेशी दलहरुको अभिष्ट पुरा गराउन नो म्यान्स लेण्डमा बसी आफ्नै देशमा नाका बन्दी लगाउने मधेशी नेताहरु र आफ्नो स्वार्थ अनुसारको संबिधान नबनेको भनि नाकाबन्दी गर्ने भारत र तत्कालीन भारतीय गृहमन्त्रीले नेपालमा एक करोड भारतीयहरु रहन्छन भन्नु र जनसंख्या को आधारमा प्रतिनिधि चयन हुदै गर्दा ५० लाख भन्दा बढि नेपाली बिदेशीदै गर्दा र नक्कली नागरिक लाई नागरिकता वितरण हुदै गर्दा नेपाल भित्रै नेपाली अल्पमतमा पर्ने देखिन्छ ।
क्रान्ती परिवर्तन अग्रगमन समृ४ि शान्तीका लागि गरिन्छ हुन्छ । तर क्रान्तीको सहि नेतृत्व गर्न नसकेर बर्बाद भएका देशहरु मध्य अफगानिस्थान ,युगोस्लोभियाको विगठन ,युथोपियाको बिभाजन बरुन्डी रुवान्डाको विनासकारी गृह युद्ध परिवर्तन पछिनै भएका थिए परिवर्तन पछिनै सिकिमले आफ्नो अस्थित्व गुमायो । बुद्धको देशमा बर्गिय मुक्तीको नारा घन्काउदै कथित १० बर्षिय जन युद्धमा हजारौ अपांग विधुवा टुहुरा र सैयौ बलात्कृत हुदै एक नेपालीले अर्को नेपालीलाई सुराकी,पुलिस,सेना, माओवादी बनाई १७००० भन्दा बढि नेपालीको ज्यान नेपालीले नै लिएको यथार्तता हामी संघ नै छ । आज हाम्रो भेष भुषा हाम्रो सनातन बैदिक धर्म यति सम्मकी हाम्रो चन्द्र सुर्य अंकित राष्ट्रिय झण्डा सम्म बदलने बहस चलेको थियो । झण्डा सामन्ती नेपाली पोसाक दौरा सुरुवाल सामन्ती पृथ्वी नारायण शाहले गरेको नेपाल एकिकरण पनि सामन्ति नै लागेरनै होला बाइसे चौबिसे राज्यको अवधारणा सहितको संघियता देशमा आज लागु भएको छ । भारत र चीन नस्ता बिशाल देशमा सघीयता अपरिहार्य हुन्छ भने हाम्रो जस्तो सानो अनेक भाषा भाषी जातजाती भएको देशमा संघीयता बिगठनकारी पनि बन्न सक्छ । महेली सागर बाध खुद्रलोटन ,ढिन्डोरी बाध,बाग्मती लाल बकैया बाध,गौरको सिमा बाध भारतिय दादागीरीका अन्तराष्ट्रिय मुल्य मान्यता विपरित भारतीय दादागिरीका प्रमाणहरु हुन जुन बाधका कारण बर्षायाममा नेपाल तराई जलमग्न हुन्छ भने हिउदताका भारतीय भुमिमा सिचाई हुन्छ ।
पहिलो सम्प्रभता गुमेको गण्डक सम्झौता बि.पी) जुन सम्झौताले हनुमान नगर लगाएतका नेपाली बस्ती समेतका भुमि भारतको बनेको छ । भने मुग्लीन देखि कहि पनि केहि योजना सुरु गरेर गण्डकमा ३५०० क्युसेक भन्दा कम पानी रोक्न मिल्दैन , कोशी सम्झौता रुमात्रिका) जसकाकारण बाट पुर्वि तराई बर्षामा जलमग्न हुन्छ भने हिउदमा बिहार राज्यका हजारौ हेक्टर भुमिमा सिचाई गरिन्छ । टनकपुर महाकाली सम्झौता तत्कालिन कांग्रेस एमाले सरकार बाटनै भएको हो । अपर कर्णाली जल विधुत आयोजना बिश्वकै सस्तो आयोजना सुसील कोईरालाकोपालामा कांग्रेस एमालेकै सहमतिमा भारतीय जि एम आर कम्पनीलाई कमिसनमा कौडीको दाममा बिक्रि गरिएको छ । त्यतिले नपुगी कोशी हाई ड्याम सम्झौता र विपा सम्झौता समेत गरिएको छ । यस्ता हुतिहारा राष्ट्रघाती नेताहरुले राष्ट्रिय अखण्डताको रक्षा गर्लान भन्नु सपना मात्र हनेछ ।
हामी वीर नेपाली ? ब्रि६ीस सरकारका तर्फबाट फकल्यान्डमा गएर लड्छौ, कास्मीर चिन पाकिस्थान सिमामा भारतका तर्फ बाट लड्छौ तर आफ्नो देशको भुमि बचाउन सक्दैनौ तथापी नेकपाको दुई तिहाईको सरकारलाई राष्ट्रघाती सन्धी सम्झौता खारेज गर्न पुर्नः मुल्याकन गर्न र अतिक्रमित नेपाली भुमि फिर्ता गराउन उच्च स्तरको कुटनीतिक वार्ता गर्न र वार्ता वाट सम्भव नभए संयुक्त राष्ट्र संघ हुदै अन्तराष्ट्रिय अदालतमा जान जनादेश प्राप्त भएको छ । सरकार र प्रतिपक्षलाई चेतना भया ।
लेखक नारायण बहुदेश्य सहकारी संस्था दैलेखका अध्यक्ष हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार