
काठमाडौंः यतिबेला भारतले नेपालको भुमी मिच्दै तिब्बत जोड्ने संजाल बिस्तार गरेपछि नेपालभर त्यसको चर्काे बिरोध भैरहेको छ । यसं प्रसंगमा रा.आ. के का संस्थापक बैज्ञानिक डा. महाबिर पुन मगरले भारत संगको सिमा बिबादको प्रसंगमा प्रतिस्पर्धा गर्न डा. निकै रोचक तथा फरक आईडिया दिएका छन । फेसबुकमा डा. पुन लेखेका छन्ः भारत संगको सिमा बिबादको प्रसंगमा प्रतिस्पर्धा गर्ने एउटा फरक आईडिया पढ्नु होस्. भारतले तिब्बतको सिमा नजिकै नेपालको जग्गा मिचेर मोटर जाने सडक बनाएको भन्ने समाचार आयो । यसको राजनैतिक लडाई गर्ने र समाधान निकाल्ने काम नेताहरुले गर्लान जसको नतिजा निस्कन पनि सक्छ र ननिस्कन पनि सक्छ । एउटा कुरा के प्रष्ट भयो भने भारतले लिपुलेकको नेपाली भूमी जबर्जस्ती हडप्ने एउटा प्रमुख कारण त भारतको पर्यटन विकासको लागि कैलाश पर्बत सम्म जाने सडक खोल्ने रहेछ भन्ने कुरा छर्लंग नै भयो । त्यसैले मैले यहाँ राखेको प्रस्ताब चाहिं भारत संग सो क्षेत्रमा लड्न सकिने लडाई भनेको पर्यटनको विकासद्वारा कसरी आर्थिक लडाई लड्ने अथवा आर्थिक लाभको लागि कसरी प्रतिस्पर्धा गर्ने भन्ने कुरामा मात्र सिमित छ । यो योजना मैले राष्ट्रको हितको लागि राष्ट्रिय आविष्कार केन्द्रको तर्फबाट राखेको छु किन भने आविष्कार केन्द्रले गर्ने अनुसन्धानहरुको क्षेत्रमा पर्यटनको जिकास कसरी गर्न सकिन्छ भन्ने कुरा पनि उच्च प्राथमिकतामा पर्दछ. तपाइँहरुलाई पनि यो बिषयमा भारत संग बेस्सरी रीस उठ्छ भने सोच्नु होस् र नयाँ नयाँहरु आईडिया निकाल्नु होस । खास गरी कर्णाली प्रदेश ले यो कुरालाई निकै गहन रुपमा सोच्नु पर्ने देखिन्छ र संघीय सरकारले गहिरिएर सोचे पनि खेर जाँदैन । लौ त कर्णाली प्रदेश !! यसरी लिपुलेक क्षेत्रमा भारत सँग लड्नु पर्ने प्रमुख आर्थिक लडाई भनेको हिन्दु धर्म, बुद्ध धर्म, जैन धर्म र बोन धर्म मान्ने बढी भन्दा बढी तिर्थ यात्रीहरुलाई कसरी राम्रो र स्तरीय सेवा दिएर भारतले भन्दा बढी नेपालको बाटो तान्ने र कसरी पैसा कमाएर हुम्ला जिल्लाका साथै कर्णाली प्रदेश र देशलाई आर्थिक रुपमा दरिलो बनाउने भन्ने हो । तीर्थयात्रीहरु जुन बाटो जाँदा सजिलो हुन्छ र कम खर्चमा छिटो पुगिन्छ त्यो बाटो लाग्छन. यसको लगि निम्न आइडियाहरु आज बिहान सोचेर नक्साको खाका सहित पेश गरको छु. लक डाउनमा फुर्सद हुनेले र भारत संग ईख हुनेले पढ्नु होस. १. कैलाश पर्वत र मानसरोबर जाने प्रमुख आधार स्टेशनको रुपमा हुम्ला जिल्लाको सिमिकोटको विकास गर्ने । तत्कालै सिमिकोटको हाल भएको सानो हवाईजहाज बस्न सक्ने ६५० मिटर लामो एअरपोर्टको विस्तार गरि त्यहाँ ब्त्च् अथवा त्यहि किसिमका हवाईजहाजहरु सिधै काठमाडौँबाट र नेपालगंजबाट जान सक्ने बनाउने र हवाई भाडामा मिल्ने सम्मको सहुलियत दिने । नेपालगंजमा पहिले नै स्तरीय होटेलहरु बनि सकेका छन समिकोट र हिल्सामा पनि तीर्थयात्रीहरुको सुबिधाको लागि स्तरीय होटलहरु र अन्य सेवाहरुको बिस्तार गर्दै जाने योजना बनाउने । यसमा राष्ट्रिय आविष्कार केन्द्रले पनि स्थानीयहरुलाई सकेको मद्दत गर्नेछ । २. सिमिकोटबाट तिब्बतको सिमानामा रहेको हिल्सा सम्म जाने अहिलेको ८५ किलोमिटर कच्ची सडकलाई दुई वर्ष भित्रमा २ लेनको पक्कि बाटो बनाउने र सडकको बीचमा र वरीपरी पर्ने गाउँहरुमा पर्यटन बिकासको लागी योजना सहित पूर्वाधारहरु बनाउने । यसको लागि सरकारले यो सडकलाई उच्च प्राथमिकता दिने । सो को लागि अन्य ठाउँहरुमा बनाउने सडकहरुलाई बरु एक दुई बर्ष पछि बनाएर यो सडकलाई पहिला बनाउने । ३. सिमिकोटबाट हिल्साकोबाटो २ लेनको बनाउन प्रस्तावित गर्नु पर्ने मुख्य कारण के छ भने भारतले लिपू पास सम्म नै मोटको बाटो लगे तापनि मोटरबाट ओर्लेर तिब्बतको सिमाना सम्म पुग्न र मोटर चढ्नको लागि कठिन बाटोबाट एक दिन हिड्नु पर्ने हुन्छ । अहिले भारतबाट जाँदा ५ दिन हिड्नु पर्छ । तर सिमिकोट बाट हिल्सा हुँदै मानसरोबर पुग्न हिड्नु पर्दैन । त्यसैले तीर्थ यात्रीहरुको लागि धेरै सजिलो छ ।
४. भारतबाट स्थल मार्ग हुँदै आउने तीर्थयात्रीहरुलाई भैरहवाबाट मुक्तिनाथ हुँदै मुस्तांगको कोरोला नाकाबाट तिब्बत गएर कैलाश मानसरोबर जाने ब्यबस्था मिलाउने । यसको लागि नेपाल सरकारले तिब्बत सरकारसँग सम्झौता गर्ने । तिब्बत तिर पहिले नै कैलाश जाने राम्रो सडक भएको हुनाले नेपाल सरकारले नेपाल पट्टीको सडकको जति सक्दो छिटो विकास गर्ने । यसो गर्दा मुक्तिनाथ दर्शनलाई पनि प्याकेजमा समाबेश गर्ने ५. हाल सम्म तीर्थयात्रीहरुले प्रयोग गर्ने स्थलमार्ग मध्य काठमाडौँ देखि केरुंग हुँदै कैलाश मानसरोबर जाने सडक मार्गको पनि जति सक्दो बढी प्रबर्धन गर्ने.
६. भविष्यमा जुम्ला, गमगढी हुँदै सिमिकोट सम्म जाने पक्की सडक बने पछि भारतको अथवा तिब्बतको बाटोबाट जानुको सट्टा नेपालगंज, जुम्ला, मुगु हुँदै कैलाश र मानसरोबरको तीर्थ यात्रा गर्न सकिन्छ. सो अबस्थामा जुम्ला र मुगु क्षेत्रमा पनि पर्यटनको विकास हुनेछ.
जय हुम्ला, जय कर्णाली प्रदेश र जय देश, पटक्कै न जय भारत ! लौ जारुरु











