मानव जीवन अन्य जीवन भन्दा धेरै ऊर्जाशील मानिन्छ । अन्य सजीव प्रणीहरुको तुलनामा मानव जीवन सर्वश्रेष्ठ प्राणी पनि हो । मानवले चाहे अनुसारको आफ्नो लक्ष्य निर्धारण गर्न आफै मेहेनत र परिश्रम गर्न सक्ने गरी सृष्टिको संरचना निर्माण भएको छ । सृष्टि निर्माणको चक्रिय प्रणाली पनि निकै अचम्मको रहेको छ । धर्मशास्त्रले भन्छ ८४ जुनी पार गरेपछि मात्र मानव जीवन प्राप्त हुने भएकाले मानव नै पृथ्वीको सबै भन्दा उत्तम जीवन हो । यति महत्वपूर्ण जीवन प्राप्त गरेका मानवहरूबीचको अस्वस्थ प्रतिस्पर्धाका कारण मानवले निर्माण गरेका विभिन्न रसायन र हतियारहरुनै मानव जीवन समाप्त गर्ने हतियार बन्दै गएका छन् ।
मानिसको शरीरको बनावट प्रकृतिका विभिन्न पञ्चतत्वसँग मेल खान्छ भनेर धार्मिक मान्यताहरूले व्याख्या गर्ने गरेका छन् भने पछिल्लो वैज्ञानिक पद्धतिले यसलाई फरक दृष्टिकोणले व्याख्या र विश्लेषण गर्नै गरेको पनि पाइन्छ । जसले जसरी व्याख्या र विश्लेषण गरे पनि मानवजीवन पृथ्वीमा भएका समग्र सजीव वस्तुहरूमध्येको सबैभन्दा उत्कृष्ट जीवन हो । यो जीवनलाई थप प्रभावकारी बनाउनका लागि विकसित देशहरूले अझै धेरै भूमिका खेल्नु पर्ने आवश्यकता देखिएको छ ।
मानव रहेसम्म सृष्टि रहन्छ जब मानवलेनै मानवहरूबीच गरेको विभेद अत्यन्त धेरै प्रतिस्पर्धाका कारण अहिले कतिपय मानव वैज्ञानिकहरूले मानिसले भन्दा धेरै काम गर्न सक्ने रोबट निर्माण गरिसकेका छन् । यही मानव हो,जो चन्द्रमामा बस्ती बसाल्ने तयारीमा छ । यहीमानवहो,जसले पृथ्वी भन्दाअन्य धेरै यस्ता ग्रहहरूको खोज अध्ययन र अनुसन्धान गरेर विश्वमा आफ्नो कृतिमान राख्न समेत सफल भएका छन् । यहीमानवले आकाशमा उड्नेदेखि जमिनमा गुड्ने मात्र हैन विश्व ध्वस्त गर्न सक्ने अणु बम र एटम बमहरूको निर्माण गर्न सफल भए। यी सबै सफलताहरूका बीचमा पृथ्वी कसरी जोगाउने भन्ने पुनचिन्ता सुरु हुनु भनेको मानिस सन्तुष्टि भित्र रमाउन नसक्ने भएकाले नै यस्तो समस्या आएको देखिन्छ ।
विकसित मुलुकका केही व्यक्तिहरूले यति धेरै अध्ययन र अनुसन्धान ग¥यो कि अझै पनि ऊ सन्तुष्ट हुन सकेको अवस्था छैन । अल्पविकसित मुलुकमा पनि यस्ता धेरै चुनौतीहरू देखिएका छन् । पछिल्ला युवा पुस्ताहरू सामाजिक सञ्जाल लगायतका अन्य धेरै सहजमा ध्यमका कारण विश्वमा के भएको छ भनेर सेकेन्ड भरमै पूर्ण विवरण प्राप्तगर्न सक्ने भएका छन् । अर्को तर्फ कतिपय यस्ता मानव बस्तीहरू छन् जो गरिबी, अशिक्षा र भोकमारीको सिकार बन्नुपर्ने अवस्थामा छन् । विश्वमा धनी राष्ट्र र गरिब राष्ट्रहरूको खाडल जसरी धेरै दुरीमा पुग्दै छ त्यसै गरी हरेक समाजमा पनि गरिब र धनीको खाडल निकै धेरै फराकिलो बन्दै गएको अवस्था छ । यो विकसित मुलुक र अल्पविकसित दुवै मुलुकहरूको साझा समस्याका रूपमा बढ्दै गएको अवस्था छ ।
धेरै प्रगति गर्नै नाममा गरिएका विकासका विभिन्न मोडलहरूका कारण अहिले बेला बेलामा हुने प्राकृतिक प्रकोपहरूले ठूलो मात्रामा धनजनको क्षति हुन थालेको अवस्था छ । यस्ता धेरै समस्याहरूको दिगो समाधान भनेको नै आत्मसन्तुष्टि हो । जबसम्म मानिसहरूले आफू जन्मेको स्थानमा बसेर जे गरे पनि राम्रो गर्छु भनेर आत्मसन्तुष्टि लिन सक्दैन तबसम्म समस्या समाधान हुने देखिँदैन । विकसित मुलुकहरूले जबसम्म अब धेरै विकास गर्ने नाममा पृथ्वी नै ध्वस्त हुने गरी, चक्रीय प्रर्णालीनै नष्ट हुने गरी विकास गर्नु हुँदैन भनेर साझा सोचको विकास गर्न सक्दैनन् तबसम्म विश्वजोगाउन सकिने अवस्था छैन । समग्रमा जो जहाँ छौँ त्यहीबाट आत्मसन्तुष्टिको विषयलाई प्रमुखतामा राखेर काम गरौँ सबै खाले समस्याहरूको समाधान हुनेछ ।








