रात्रिकालीन सेवामा गम्भीर बनौँ

विपद् कति वेला आउँछ भन्ने कुराको पत्तो हुँदैन । तर पनि जल तथा मौसम विभागले ठूलो बर्सात हुने र क्षति हुन सक्ने संकेत दिइरहेका बेलामा सम्भावित जोखिम हुने स्थानहरूमा विशेष सुरक्षाको अभियान थाल्नुपर्दछ । हामीले अलिकती गरेको हेल्चेक्र्याइँका कारण जनधनको क्षति व्यहोर्नु परिरहेको छ । केही दिनअघि परेको अविरल बर्सातले गरेको क्षतिको अहिले विश्लेषण गर्ने हो भने रात्रिकालीन सवारी साधनहरूमा कडाइ गरेको भए, जोखिम ठानिएका स्थानहरूमा एक रातमात्रै सवारी आवागमन बन्द गरिदिएको भएत्यति ठूलो मानवीय क्षति हुने थिएन । यस्तो अवस्थामा यात्रा गर्ने यात्रुहरूले पनि विशेष ख्याल गर्नुपर्ने देखिन्छ ।

अतिआवश्यक कामका लागि पनि बाहिर निस्कनु पर्ने भएमा जोखिमको पूर्वानुमान गरेर मात्र घर बाहिर निस्कनुपर्दछ । निकै ठूलो बर्सात हुँदा र क्षति हुन सक्ने भनेर सरकारले सम्भावित जोखिम क्षेत्रहरूमा कडाइ गर्नुका साथै नागरिक पनि आफै सचेत हुनुपर्दछ । यस्तो समयमा रात्रिकालीन सेवा बन्द गरेर भए पनि मानवीय क्षति हुनबाट जोगाउनु पर्दछ । सरकारले यस्तो अवस्थामाअलिनिर्मम भएर भएपनि कडाइका साथ नियम लागू गर्नसकेमा हुन सक्ने मानवीय क्षति हुने थिएन कि ? अहिले यस्ता प्रश्नहरू सतहमा आउनु एक हिसाबले स्वाभाविकै हो । तर पनि जोखिम कहाँनेर, कतिवेला हुन्छ भन्ने विषय कसैको जानकारीमानहुने विषयहो । त्यसैले पनियो वर्ष धेरै धनजनको क्षति भएको छ ।

सरकारले राहत तथा पुर्नस्थापनाका लागि कामहरू धमाधम गरिरहेको भए पनि काठमाडौँ उपत्यका लगायतका बस्तीहरूमा भने करोडौँको क्षति भएको छ । विगत ३८ वर्षअघि यस्तो बर्सात भएको र क्षति धेरै भएको भन्ने विषयलाई हेलचेक्र्याइका हिसाबले लिनु, खोला किनारमा अनावश्यक रूपमा बस्ती विस्तार गरिनु, कतिपय मानवीय त्रुटिहरू भएको अहिले पुष्टि भएको छ । आगामी दिनहरूमा पनि यस्ता विषयहरूलाई विशेष रूपमा ख्याल गर्दै मानवीय र भौतिक क्षति न्यूनीकरण गर्नका लागि सरकारले समेत विशेष रूपमा नीतिमा कडाइ गर्नुपर्ने र जोखिम मानिएका स्थानहरूमा तत्कालै बस्ती हटाउने अभियानको थालनी गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

कतिपय लामो दूरीका सवारी साधनहरूको आवागमनमा मौसमको प्रतिकुल अवस्था हेरेर रात्रिकालीन सेवाहरू केही दिनका लागि बन्द गर्नुपर्ने देखिएको छ । अहिले दशंैको मुखमा काठमाडौँबाट लाखौँ मानिसहरू दशैं मनाउनका लागि काठमाडौं उपत्यका बाहिर जाने भएकाले पनि कतिपय बाध्यताहरूलाई मध्यनजर गर्दै सरकारले अझै कडाइका साथ रात्रिकालीन सेवालाई प्रभावकारी बनाउनुपर्ने देखिएको छ । जोखिम भएका स्थानहरूमा केही समयका लागि यातायात आवागमनमा रोक लगाएर भए पनि मानवीय क्षति हुनबाट जोगाउनुपर्ने आवश्यकता देखिएको छ । अर्कोतर्फ यात्रागर्ने यात्रुहरूले पनि सम्भावित जोखिम हुनसक्ने अवस्था देखिएको खण्डमा सुरक्षित स्थानहरूमा बसेर आफ्नो सुरक्षा आफै गर्नका लागि सम्बन्धित निकायहरूलाई समेत समयमै खबर गर्नुपर्दछ ।

अहिले भएका सबैखाले क्षतिमा परेका मृतकका परिवारहरूलाई उचित राहत, क्षतिपूर्ति रभत्केका संरचनाहरूको पुन र्निर्माणसँगै सुरक्षित आवासका लागि सरकार, गैरसरकारी निकायहरू र अन्य सबै नागरिकहरूले हातेमालो गर्दै विपद्मा परेका नागरिकहरूलाई सुरक्षित स्थानमा पु¥याउने र सुरक्षित बासस्थानको व्यवस्थापन गर्नु पहिलो कर्तव्य हुन आउँछ । अनावश्यक विरोधका नाममा विरोध मात्र नगरेर विपद्मा परेकालाई हामीले पनि मानवीय सहयोग गरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार