कर्णालीको समग्र विकास र परम्परागत शैली

कर्णाली प्रदेश सबै खाले सम्भावनाको खानी हो । जल, जमिन, जङ्गल, जडीबुटी मात्र हैन, कर्णाली प्रदेश कला संस्कृतिको पनि धनी प्रदेश हो । तर यसको उचित प्रयोग हुन सकेको छैन । अब कर्णालीको विकासमा क्रमभंगता जरुरी देखिएको छ । जसरी अहिले सम्म विकास प्रक्रियाहरू भइरहेका छन् तीविकास प्रक्रियाहरू पञ्चायतकालीन विकास प्रक्रियाहरू भन्दा भिन्न देखिएका छैनन् । राणाशासनकाल देखि सुरु भएको विकासको मोडेल एकाएक परिवर्तन हुनुपर्ने आशा र भरोसा आमनागरिकहरूले बोकेको भए पनिअहिले सम्म कायमै छ । पञ्चायतकालीन विकास र परिवर्तन पछिको विकास, लोकतन्त्र प्राप्ति पछिको विकास र संघीयता पछिको विकासको मोडलमा खासै भिन्नता देख्न पाइएको छैन । यो समग्रमा देशैभर यस्तै प्रक्रियाचलिरहेको छ भने विशेष गरेर कर्णाली प्रदेशमा त झन् परम्परागत शैलीकै भरमा विकासका गतिविधिहरु अघि बढिरहेका छन् । यहाँको भौगोलिक बनावट,हावापानीलाई ख्याल गरेर तीन वटा तहमा कर्णालीलाई विभाजन गरेर विकासको मोडल परिवर्तन गर्नुपर्ने थियो तर जति परिवर्तनहरू भए सो अनुसार सरकारमा पुगेकाहरूले दीर्घकालीन सोच विस्तार गर्न सकेनन् । जसका कारण समस्या दिन प्रतिदिन बढ्दै गएको छ ।

कर्णालीमा विकासका मोडलमा केन्द्र सरकारले प्रभावकारी भूमिकानिर्वाह गर्न सकेन भनेर संघमा पुगेका जनप्रतिनिधिहरूले भन्ने गरेका छन् । तर पनि केही नयाँ गर्नका लागि सुरुवातगर्न भने ती जनप्रतिनिधिहरूले पनि खासै चासो नराखेको देखिन्छ । संघीयता अघिका प्रक्रियाहरू जे जसरी अगाडि बढेका छन ती विषयहरू भन्दा केही भिन्न र फरक प्रकृतिका कामहरू संघीयता आएपछि सुरु हुन्छन् भनेर जनताहरूमा उत्साह थपिएकै थियो । जसरी फरक शैलीले संघीयता पछि कर्णालीको विकासले फड्को मार्नुपर्ने थियो त्यो अनुसार विकास हुन नसकेको कुरा सबै जनप्रतिनिधिहरूले स्वीकार गरिरहेको अवस्था छ । अर्कोतर्फ कृषि, पूर्वाधार, पर्यटन सँगै ठूला विकासका सम्भावनाहरू मध्ये केहीनिश्चित उद्देश्यहरू राखेर कामगर्नुपर्ने थियो त्यसरी कामहुन सकेन । यदि ठोस योजनाअनुसार एक वर्षमापाँच वटा क्षेत्रमा विशेष योजना सुरु गर्ने अभियान सुरु गरेको भए केहीउपलब्धिहरू अवस्यपनि देखिने थिए ।

जुन उपलब्धिहरूले संघीयता आएको करिब ८ वर्ष पुग्नै लाग्दा सुरुवातीका वर्षहरूमा थालिएका ठूला र बृहत् आयोजनाहरूले अहिले रिजल्ट दिन सुरु गरिसकेका हुने थिए । जसले कर्णालीमा रोजगारी सिर्जना लगायतका कामहरूको पनि सुरुवातहुने अवस्थाआउने थियो । अर्कोतर्फ कर्णालीका धार्मिक, ऐतिहासिक, पुरातात्विक महत्व झल्किने पर्यटकीय स्थलहरू र यहाँकाकला र संस्कृतिहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन सकेको भए कर्णालीको विकासमा अर्को एउटा महत्वपूर्ण कामको सुरुवात भएको हुने थियो । पर्यटकीय स्थलपुग्ने सडकहरू केन्द्र सरकारको जिम्मेवारी हुने, ठुला जलविद्युत आयोजनाहरू सँगै विशेष महत्वका पर्यटकीय क्षेत्रहरू केन्द्र सरकारको जिम्मेवारीमा हुने भएसँगै तिनै आयोजनाहरू सँग प्रदेश र स्थानीय सरकारले साझेदारीमा काम सुरु गर्न थालेको भए केही न केही परिवर्तनहरू भइसकेको हुने थियो ।

अझैँ पनि समय छ । पछिल्ला दिनहरूमा कर्णालीमा केही नयाँ गर्ने सोच र योजना बोकेका व्यक्तिहरूले नेतृत्व गर्नुभएको छ । योजना मात्र भएर नहुने सोही अनुसारको बजेट विनियोजन गर्ने अवसर पनि प्राप्त गर्नुपर्ने बाध्यताले पनि केही समस्याहरू छन् तर कर्णालीको समग्र विकासको लागि साझा एजेन्डा निर्माण गरेर कर्णाली प्रदेशका राजनीतिकदलहरू अगाडि नबढेसम्मअझैँ धेरै वर्ष यहाँको विकास परम्परागत शैलीमाचल्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार