सचेतना अभियान सँगसँगै लैजाऊ

कर्णाली प्रदेशलाई अर्गानिक अभियान प्रदेश बनाउने अभियानको घोषणा जसरी तामझामका साथ गरिएको थियो सोही अनुसार अन्य क्षेत्रको रणनीतिक योजना निर्माण हुन सकेन । कर्णालीको भौगोलिक बनावट, स्थानीय कृषहरुलाई स्थानीय स्तरमै मल उत्पादन र जैविक विषादी उत्पादन र यसको प्रयोग लगायतका विषयमा के गर्ने भन्ने विषयकाबारेमा बृहत् रूपमा बहस र पैरवी गरेर यो कामको थालनी गर्नुपर्ने थियो ।

अर्गानीक बनाउने भन्ने बित्तिकै कर्णालीमा बर्सेनि भित्रने मल, कतिहो त्यसको आपूर्ति कर्णालीले जैविकमल बाट कसरी पुरा गर्ने यो अनुसारका अन्य पूर्वाधार निर्माण कसरी गर्ने भन्ने विषयमा भने त्यति ध्यान दिन नसकेका कारण अभियान केही वर्षयता हराएको झैँ भएको अवस्था थियो । कुन सरकारले निर्णय ग¥यो भन्दापनि राम्रो अभियान थियो कि थिएन यसबाट कर्णालीका जनताले के फाइदा लिन सक्छन् भन्ने विषयलाई सबै सरकारहरूले विशेष महत्व दिनुपर्ने हो । पछिल्लो सरकारले यसबारे केही भए पनि अभियानको थालनी गर्ने सोच बनाएको छ । यो कर्णालीको लागिनिकै उत्साहको विषय हो । अहिले देशमा मात्र हैन विदेशमा समेत कर्णालीको स्याउले जसरी बजार कब्जा गर्न सफल भएको छ । त्यसै गरी कर्णालीका समग्र उत्पादनहरूले नेपालमात्र हैन विश्वबजारमा समेत आफ्नो पहिचान कायम गर्न सक्ने अर्गानीक अभियान जसरी भए पनि प्रभावकारी बनाउनुपर्ने देखिन्छ ।

दुरगामी सोच र चिन्तन नगरेर निजी स्वार्थमा मात्र सरकार केन्द्रित हुने विषयनिकै गैर जिम्मेवारी पूर्ण विषय हो । अहिले नेपाली काँग्रेस र नेकपा एमालेको सरकार गठन भएपछि जनताले नयाँआशा र भरोसा गरिरहेका बेलामा कुनै मन्त्री वा कुनै तहका व्यक्तिहरूले व्यक्तिगत र पार्टीगत विषय भन्दा माथि उठेर समग्र देशको आर्थिक अवस्था सुधार गर्ने के कस्ता कामहरू गरेपछि राम्रो हुन्छ सोहीअनुसार न्यूनतम ७ वटा प्रदेशमा २ वटा र सङ्घबाट पाँच वटा मात्र प्रभावकारी कामहरूको थालनी हुन सके पछिल्ला युवा पुस्ताहरूले जसरी पुरानादलहरूको भविष्य सकियो भनिरहेका छन् त्यस्ता व्यक्तिहरूलाई यी कामहरूले ठुलो सबक सिकाउन सक्ने देखिन्छ । दलहरूले जसरी लामो त्याग र तपस्या गरेर सोही अनुसारको सरकारहरूमा रहँदा गरिएका प्रयासहरूको प्रभावकारी रूपमा जनस्तरसम्म सचेतना अभियानको समेत थालनी गर्न सकेनन् ।

अहिले कर्णाली प्रदेश सरकारले जसरी कर्णालीलाई अर्ग्यानिक प्रदेशको घोषणा अभियानलाई प्रभावकारी बनाउने भनेको छ सोही अनुसारको जनचेतना अभियान बस्तिस्तरसम्म पुराउनुपर्ने देखिन्छ । यहाँ उत्पादन गर्ने किसानहरूले मात्र हैन उपभोग गर्ने उपभोक्ताहरूले समेत विषादीको प्रयोगबाट हुने मानवजीवनका समस्याहरूको बारेमा जानकारी दिनुपर्ने आवश्यकता देखिन्छ । यसका लागि कृषि मन्त्रालयले हरेक पालिकाका उत्पादन योग्य सम्भावित बस्तीका किसानहरू, भर्खरै व्यवसाय सुरु गरेकायुवाहरू, व्यावसायिक किसानहरूलाई जम्मा गरेर पालिका स्तरसम्म जनचेतना अभियानको सुरुवात गर्नुपर्ने आवश्यकता देखिएको छ । यो सँगै स्थानीय सञ्चार माध्यमहरूको समेत अधिकतम उपयोग गरेर कृषिमा राम्रो काम गरेका किसानहरूको उत्साह बढाउन फिचर लेखनहरू, जैविक विषादी प्रयोग गरेका र जैविक मल प्रयोग गरेर गरिएका उत्पादनहरूको बजारीकरणको जिम्मेवारी लिने गरी कामको सुरुवातगर्न सके कर्णालीका हरेक उत्पादनले विश्व बजारसम्म आफ्नो बजार विस्तार गर्नेछन् र कर्णालीमै रोजगारी प्रवर्द्धन सँगै गरिबी न्यूनीकरणमा यो अभियानले निकै ठुलो भूमिका खेल्न सक्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार