आफन्तवादको नारा त्यागौँ

जनताद्वारा जनताले चुनेका प्रतिनिधिहरूले शासनगर्ने देशहरूलाई प्रजातान्त्रिक देश भनेर जसरी भनिएको छ । सोही अनुसारको काम जनताबाट चुनिएर गएका जनप्रतिनिधिहरूले गरे वा गरेनन् त्यो विषय अहिलेको चर्चाको विषय बनेको छ । जुन व्यक्तिलाई विगत दशकौँ देखि जनताले चुनेर सत्तामा पु¥याए उनी व्यक्तिहरूले त्यो स्थानको लागि त्यहाँका जनताका लागि र समग्र देश परिवर्तनका लागि कामहरू गरे वा गरेनन् भन्ने विषय अहिले चर्चाको विषय बनेको छ ।

नेपालमा विशेष गरेर लामो समयसम्म राज्य सत्ताको चाबी सम्हालेका दलहरू मध्ये जुन जुन व्यक्तिहरू बारम्बार सत्तामा पुगे तीव्यक्तिहरूले अहिलेसम्म के नयाँ कुराको सुरुवात गरे त यो विषय अहिलेको लागि खोजी गरिएको विषय हो । यी र यस्तै विषयहरूलाई पछिल्ला दिनहरूमा एका एक पहुँचमा पुगेको सामाजिक सञ्जालमा पोष्ट गरे, विषय के थिए, कसरी हुनुपर्ने थियो त्यो हुन सकेन । भयो त केवल लामो समयदेखि राज्य चलाएका नेपालका राजनीतिकदलहरूले परिवर्तनको खाका कोर्न सकेनन् । यो विषय अहिले खरो रूपमा बाहिर आएको विषयहो । के यही विषयलाई मात्र सत्य मानेर जाने हो त ? अहिलेको युवा पुस्ता हिजो २५ वर्ष अघि के थियो र अहिले परिवर्तन के भयो भनेर अहिलेको पुस्ताले खोजीगर्ने कि नगर्ने ? यस्ता विषयहरू पनि सँगसँगै अगाडि आएका छन् ।

कुनै–कुनै जिल्लाहरूमा सवारी साधनबाट मात्र यात्रा गर्दा हप्ता दिन सम्म लाग्ने गरेको हिजोका इतिहासहरू अहिलेका पुस्ताले चटक्कै बिर्सनु हुँदैन । हिजोको जहानियाँ शासनमा केही सीमित व्यक्तिहरूले मात्रअर्बौँ रकम जनताको करमा रजाइँ गरेको विषय पनि बिर्सनु हुँदैन । तीन चार जना व्यक्तिहरू जम्माभएर कसैको विषयमा कुरा उठाउन नपाउने शासनको विषय पनि अहिलेका पुस्ताहरूले बिर्सनु हुँदैन । तर जसरी विकास, समृद्धि र सुशासनका कामहरू हुनुपर्ने थियो सोही अनुसार हुन नसकेको पक्कै हो । तर यति हुने वित्तिकै व्यवस्था माथि नै धावा बोलेर केही हुन्छ त ?त्यसो भए अब को विकल्प के हो ? के नेपालमा देखिएको असन्तुष्टि विकल्प बिनाको परिवर्तन हो त ? के यही तरिकाले मुलुकको समग्र विकास हुन्छ ?

नेपालमा अहिलेसम्म राज्य सत्ता चलाएका दलहरूले एक पटक मनन गर्नुपर्ने बेला आएको छ कि हिजो ठूला दल भित्रका केही व्यक्तिहरूले जे जसरी आम नागरिकहरूको भावना र देशको भावना भन्दा माथि उठेर आफन्तवादको मात्र खेती गरे त्यस्ता व्यक्तिहरूलाई अबदलहरूले पनि पाखा लगाउनुपर्ने देखिएको छ । किन कि नयाँ उदय भएका राजनीतिक दल भित्रका केही व्यक्तिका चरित्रहरू पनि अहिले हेर्दा खेरी श्रमगर्ने नागरिकहरूले जम्मा गरेको एक–एक रुपैयाँ समेत अपचलन गरेर आफ्नो स्वार्थ पूरा गर्ने अभियानमा लागेको देखिएको छ । खैर अदालत र प्रहरीले यो विषय अहिले छानबिनको दायरा भित्र ल्याएको छ ।यसै गरी अब नेपाली काँग्रेस, नेकपा एमाले र माओवादी केन्द्र पनि खुल्ला रूपमा आ–आफ्नो पार्टीमा देखिएका कमी,कमजोरीहरू र जनताको मतले विजयीभएर जनता भन्दा व्यक्तिगत फाइदाका लागि जनतालाई नै ठगी गर्ने व्यक्तिहरूलाई धमाधम पार्टीबाट कारबाही गर्दै जेलको कठगारामा उभ्याउन सक्ने हिम्मत राख्नुपर्ने बेला आएको छ ।

जनताको लागि भन्दा आफन्त र आफ्नो लागि मात्रै राजनीतिको घेरा विस्तार गरेर दलालहरूलाई सबै देशबाटै बहिष्कार गर्दै स्वच्छ व्यक्तिहरू शासन सत्तामा पुग्न सक्ने वातावरण तयार गर्ने महत्वपूर्ण अवसर हो । आमचुनावका बेला स्वच्छ छवि भएका व्यक्तिहरूलाई जनप्रतिनिधिका रूपमा विजयी गराउने र देश र जनताको पक्षमा काम गर्ने पात्र खोज्नुपर्ने अहिलेको आवश्यकता हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार