ठूला परियोजना तिर ध्यान जाओस्

सरकारले जनताको वास्तविक जीवनस्तर सुधार गर्ने परियोजनाहरूको परिकल्पना गर्नुपर्ने र सोही अनुसार स्थानीय, प्रदेश र संघका रोजगारीका विभिन्न अवसरहरू सृजना गर्ने विषयहरू हरेक वर्षको नीति तथा कार्यक्रमहरुमा उल्लेख गरिएको हुन्छ । नीति तथा कार्यक्रमहरूमा उल्लेख भए बमोजिमका कार्यहरूका लागि कार्यविधिहरू पनि निर्माण गरिएका हुन्छन् । केही कामहरूको सुरुवात भइरहँदा बीचमै ती कार्यक्रमहरू अस्त व्यस्त हुने गर्दछन् । यसको मुख्य समस्या भनेको नै कार्यान्वयनतह सम्म पुग्दा हुने विभिन्न कानुनी जटिलता र जसले कामको जिम्मेवारी लियो उसैले कामप्रति देखाएको उदासीनता हो ।

जसरी सरकारले नीति निर्माण गरेर ठूला परियोजनाहरूको कामको सुरुवात गरेको हुन्छ सोही अनुसारको कामको सम्पन्नता हुने बेला सम्म सरकार रहँदैन ।अनि वर्ष वर्षमा हुने सरकार परिवर्तनका कारण समस्याहरू एक पछि अर्को थपिँदै गइरहेका छन् । यसले गर्दा सुरुवात देखि नै कामको प्रभावकारी रुपमा कार्यान्वयन हुन सकेको देखिदैन । ठूला परियोजनाहरू निर्माण हुनका लागि तोकिएको समय भन्दा केही समय ढिला हुनु स्वाभाविक हो तर दसकौँ सम्म परियोजनाहरू कब्जामा राखेर विकासको अर्थपूर्ण सहभागिता, दिगो विकास र विकासबाट जनताले प्राप्त गर्ने सुविधाहरू समेत यसबाट वञ्चित भएका छन् । यति मात्र नभएर ठूला विकासका योजनाहरू जतिसक्दो छिटो सम्पन्न भए सोही अनुसारको रोजगारी र तीनै तहका सरकारलाई प्राप्त हुने रोयल्टी लगायतका आर्थिक उपार्जनका बाटाहरू समेत बन्दहुने गरेका छन् ।

नेपालको सन्दर्भमा केही ठूला परियोजनाहरूको सुरुवात नभएको हैन तर जसरी ठूला परियोजनाहरू सम्पन्न भएर जनताहरूले प्रतिफल प्राप्त गर्नुपर्ने हो सोही अनुसारको प्रतिफल प्राप्त गर्न नसकेको अवस्था अहिले पनि कायमै रहेको छ । सरकारले हरेक प्रदेशमा एउटा ठूलो परियोजना निर्माण गर्ने अनि सो को कार्यान्वयनलाई प्रभावकारी रूपमा निरन्तर खबरदारी गर्ने अभियानको थालनीगर्न सकेको भए देशमा रोजगारीकाअवसरसँगै आर्थिक उपार्जनकागतिविधिहरू समेत बढ्ने थिए । नेपालमाबसोबास गर्ने अधिकांश नेपालीयुवाहरू अबनेपालमा बसेर केहीकाम छैन ।

विदेश जाने अन्तिम लक्ष्य हो भनेर निराश हुनुपर्ने थिएन । दैलेखमा सयौँ वर्षदेखि पानीमाथि बगेर खेर गएको ग्याँसको अहिले अन्तिम अन्वेषणको कार्य सुरु गरिएको छ । यसले देशको आर्थिक अवस्था सुधार गर्न सक्ने आशा गरिएको छ । यस्तै नेपाल जलस्रोतको धनी देश भएका कारण हजारौँ मेगावाट विद्युत उत्पादनका सम्भावनाहरू, यहाँ रहेका विभिन्न अन्य खानीहरू उत्खनन् र प्रशोधन गर्ने कार्यको शुभारम्भ भइरहेको छ । उक्त योजनाको उपलब्धि हासिल नहुने बेला सम्म जुनसुकै सरकार आएपनि ठूला विकासे परियोजनाको नीति परिवर्तन नहुने र अनिबार्य रूपमाकाम सम्पन्न गर्नुपर्ने भन्ने विषयमा नेपालका राजनीतिकदलहरू जो बारम्बार सत्तामा पुग्ने गरेका छन् उनीहरूको साझा सहमति अहिलेको आवश्यकता हो ।

सरकारले दुई वटा ठूला देशहरूमा आवत जावतका लागि रेलमार्गको जसरी अवधारणा अगाडि ल्याएको छ, अब त्यस्ता अवधारणाहरू पूरा गर्नका लागिजुन सरकार आए पनि लागू गर्नुपर्ने देखिन्छ । अर्कोतर्फ हरेक प्रदेशमा आवश्यकताका आधारमा ठूला उद्योगहरूको स्थापना गरेर काम सुरु गर्नुपर्ने देखिएको छ । जुनप्रदेशमा जे कुराको सम्भावना छ त्यही कुरालाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाउन सकेको खण्डमा मात्र देशको समग्र आर्थिक अवस्था सुधारको अभियान थालनी हुनेछ । योसँगै बाँझो जमिनको सदुपयोग गरेर कृषिमा आफ्नो जीवन देखेर कामगर्न चाहने युवा कृषहरूलाई सरकारले उत्पादनका आधारमा सहुलीयत र उत्पादनभएको कृषिउपजको बजारको पूर्ण ज्ञारेन्टी लिने जस्ता कामहरूको सुरुवात गर्नुपर्ने अहिलेको आवश्यकता हो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार