उपनिर्वाचन र जनअपेक्षा

देशभर पालिकामा विभिन्न कारणले रिक्त भएका पदहरुमा अहिले उपनिर्वाचनको चर्चा चुलिएको छ । आइतबार देशका विभिन्न स्थानहरुमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । केन्द्रमा नेकपा एमाले र नेपाली काँग्रेसको सत्ता गठबन्धन भए पनि उपनिर्वाचनमा भने एमाले र काँग्रेसले मित्रवत प्रतिस्प्रर्धा गर्ने भएका छन् । काँग्रेस र एमाले एक्लाएक्लै चुनावमा गएका छन् । कतिपय स्थानहरुमाबाहेक सबै स्थानहरुमामाओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा, नेपालमजदुर किसान पार्टी, रास्वपा लगायतकादलहरु समेत एक्ला एक्लै निर्वाचनमा होमिएका छन् । यसले निर्वाचनमा कसको पक्षमा जनमत सिर्जना हुन्छ भन्ने विषय पनिअहिले चर्चाको विषय बनेको छ ।

नेपालको राजनीतिमा अहिले विभिन्न खालका उतारचढावहरु देखिएका छन् ।कतिपययुवाहरु सामाजिक सञ्जालमा पुराना राजनीतिकदलहरु प्रति देखिएको बितृष्णाका विषयहरु पनि यसपालिको निर्वाचनमा झनै महत्वपूर्ण विषय बन्ने देखिएको छ ।

संघीयता पछिको तीनतहको सरकार सञ्चालन हुँदाको विषय र लामो समयदेखि सरकार सञ्चालन गरेका दलहरुले जसरी जनता माझ आफ्ना एजेण्डा प्रस्तुत गरे सोही अनुसार कामगर्न सकेका छैनन् । नेपालको संविधानले प्रदान गरेको सेवा सुविधा र अधिकारको विषयलाई मध्यनजर गरेर जनताको पक्षमा जसरी काम गर्नुपर्ने थियो सोही अनुसार जनप्रतिनिधिले कामगर्न नसकेको विषयपनिताजै रहेको छ । जनताको पक्षमाकामगर्नुको साटो आफन्त, पार्टी र नजिकका नातेदारहरुलाई मात्रहेरफेर गरेर आलोचित भएका विषयहरुले समेत उपनिर्वाचनमा प्रभाव पार्ने देखिन्छ ।

निर्वाचित जनप्रतिनिधिहरुले जसरी जनताको पक्षमा काम गर्नुपर्ने थियो, सुशासन कायम गर्नुपर्ने थियो, विकास र समृद्धिको विषयमा प्रभावकारी काम गर्नुपर्ने थियो सोही अनुसार कामगर्न नसकेका कारण अहिले जनतामा निराशा बढ्दै गएको देखिन्छ । यही कुरालाई मुद्दा बनाएर उपनिर्वाचनका जनप्रतिनिधिहरु चुनावी मैदानमा उत्रिएको देखिन्छ । जनताले चाहे अनुसारको कामगर्न सक्ने सक्षम जनप्रतिनिधिको खोजीमा जनताहरु देखिन्छन् तर पनिभोट परिवर्तनको विषयलाई जसरी बुझिएको छ, दुर्गमका अधिकांश पालिकाहरुमा अहिले पनि पार्टीलाई प्रमुखतामा राखेर जनताहरुले माया गरेको देखिन्छ । धेरै जनताहरु अहिलेपनि पार्टीको आधिकारीक निर्णयलाई मान्ने तर आफ्नो आन्तरिक विषयलाई गौण राख्ने आंकलन गरिएको छ । यही विषयलाई तथ्य मान्दै राजनीतिकदलहरुले अंकगणित निकालेको अवस्थामा कतिपय युवाहरु बुवाआमाले भनेको मान्नतयार छैनन् । यस्तो परिस्थितिमा भएको उपनिर्वाचनमा कसले कसरी आफ्नो पक्षमा जनतालाई प्रभावमा पार्ने हुन् यो विषय अहिलेको उपनिर्वाचनको अर्को रोचक विषय हो ।

उपनिर्वाचनमा जो – जोनेताले घोषणा पत्र सार्वजनिक गर्ने गर्दछन् सोही अनुसारका कामहरु निर्वाचनमा विजयी भएपछि गर्छन् कि गर्दैनन् ? यो विषय आमनागरिकहरुले खवरदारीका रुपमा बारम्बार उठान गर्नुपर्ने देखिन्छ । सुखि नेपाली, समृद्ध नेपालविषय, बेरोजगार युवाहरु बाध्यताले विदेशिनुपर्ने विषय, ठूला विकास निर्माणमा देखिएको लापरवाहीको विषय, सुशासन कायम गर्ने बिवषय सबैका लागिचुनौतिको विषय बनेको छ । जबसम्म जनताको पक्षमा नेताहरुले काम गर्न सक्दैनन तबसम्म नेपालको समृद्धि सम्भव देखिदैन ।योविषयलाई अब राजनीतिकदलहरुले मात्र हैन स्थायी सरकार सम्हालेका कर्मचारीहरुले पनि देश बनाउने अठोठका साथकाम गर्नुपर्ने अवस्था देखिएको छ । देशको समृद्धि र विकासको परिकल्पनासँगै नीतिनियमहरु बन्नुपर्दछ र सोहीअनुसार काम गर्नुपर्ने जिम्मेवारी बोकेका सबैले पूर्ण जिम्मेवारीका साथ काम नगरेसम्म नेपालको समृद्धि सम्भव देखिदैन । अहिलेको उपनिर्वाचनमा जनताले कसरी जनप्रतिनिधि चुन्छन् यसले राजनीतिकदल प्रति जनताको बुझाइका रुपमा हेर्न सकिने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार