बतासे फूर्तिले केही हुदैन

भनिन्छ नी मानिसलाई खेद्नु पर्छ सचेत   गराउनुपर्छ तर भेट्ने गरि र कसैको अस्तित्व समाप्तै गरिदिन्छु भनेर आफु मैकासुर हुन कदापी हुँदैन् । अरुलाई गाड्छु भनेर खनेको खाल्डोमा आफ्नो पुरै सरिर डुबीसकेपछि मात्र थाहा हुन्छ मैले गल्ती गरेछु की के हो ? भनेर, दैलेखमा अहिले त्यही भएको छ ।
भर्खर न्वारन नभएका, रिस आवेक र कसैको चरित्र हत्या मात्रै गर्ने भन्दै प्रकाशित भएका पत्रपत्रिकामा आएको बिना अर्थको बतासे सम्पादकीयले जनतामा प्रश्न सृजना गरायो । यस्तो प्रमाण हुँदा पनि समाचार लेखेनन् भन्नेहरुले आफुतिर फर्केर हेरेको खोई ?अनाहकमै कसैको   राजनीतिक पुर्वाग्राही भएर चरित्र हत्या गर्ने काम मात्रै महान हुने हो त लोकतन्त्रमा । एउटाले पुर्वाग्रह पोख्ने अर्को त्यसैमा सती गएर तानाभाथी गर्नु राम्रो होईन ।
अव यसो गरे भैगोनी १ महिने पत्रिका दर्ता गर्नलाई प्रशासनले कसैलाई रोकेको छैन् के रे ? बीए पास गरेका मान्छेको पनि कमि छैन् के रे ? प्रत्येक १ महिनामा एकले अर्कोलाई रिस पोख्ने र हाकीम थर्काएर दारु खानलाई पत्रिका निकाल्न सके अँझै जिल्लाको मान, सम्मान र ईज्जत बढ्ने देखिन्छ ।खबरदारी दिन चाहान्छौं आफ्नो क्षणीक स्वार्थ, रिस र आवेकका लागि जिल्लामा विगतदेखि व्यवसायिक पत्रकारिता गरेकाहरुको मान सम्मानमा आँच आउने कुरा कसैले गर्छ भने त्यसको खरो बिरुद्धमा उतर्ने चेतावनी समेत दिन चाहान्छौं ।
ज जसलाई सती जानु छ गए हुन्छ तर नैतिक   हराम गरेर व्यवसायिकतामाथि खलल गर्नै काम भए त्यसपछि उत्पन्न परिणामबारे स्वयं जिम्मेवारी हुनुपर्छ । बतासे काम गरेर बतासे फूर्ती लगाउनु भन्दा व्यवसायिक बनेर अर्थपुर्ण प्रस्तुती गरौं धन्यावाद ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार