जिल्लामा प्रत्येक बर्षको चैत्र, बैशाष र जेठको महिनामा आगलागीबाट करोडौंको क्षती हुन थालेपछि बारुण यन्त्र ल्याउने तयारीमा रहेको नगरपालिकाले दैलेखले ल्याउनुपर्ने समय भन्दा पनि ६ महिनापछि बल्ल बारुण यन्त्र जिल्लामा भित्राएको छ ।
बारुण यन्त्र जिल्लामा ल्याउने अन्य प्रक्रियाहरुको वारेमा समय भन्दै प्रविधी ईन्टरनेशनल प्रालिले माघ महिनासम्म यन्त्र जिल्लामा ल्याईपुर्याउने भन्दै मन्त्रालयमा समय थपको माग गरेको भएपनी अन्तिम समय माघ महिना राखिएको थियो अन्ततः फागुनको दोस्रो सातामा बारुणयन्त्र जिल्लामा पु¥याएको छ ।
स्थानीय विकास मन्त्रालयले उक्त यन्त्र खरिदका लागि ६१ लाख रकम प्रदान गरेपछि नारायण नगरपालिका दैलेखको ५ लाख रकम जम्मा गरि ६६ लाखमा बारुण यन्त्र खरिद प्रक्रिया सुरु गरिएको थियो । यसरी ल्याईएको बारुण यन्त्रले जिल्लाका अन्य सेवा जस्तै ढिलासुस्ती त कहिले चालक छैन त कहिले पानी छैन , विग्रेको छ भन्ने जस्ता बहान कहिलै नबनोस ।
दैलेख एक त पहाडी जिल्ला र बजार क्षेत्रका घरहरु एक आपसमा जोडिएर बनेका हुनाले कुनै एउटा घरमा आगलागी भयो भने अन्य धेरै घरहरुमा क्षती पुग्नुका साथै धन जनको क्षती हुने संभावना धेरै भएपनि दमकल आएपछि केही मात्रामा समाधान हुने जिल्ला बासीले आसा बोकेका छन् तर उक्त यन्त्रले बजार क्षेत्रमा मात्रै सुविधा दिने हो या नगरपालका अन्य बजार क्षेत्रमा सम्म पुग्न सक्छ की सक्दैन बजार क्षेत्र ब्यवस्थीत गर्न लागेको नगरपालीका एक दिन बजार मा उपस्थिती हुदैमा सवै ठिक हुन्छ भन्नु मुर्खता हो यस बारे पनी एकपटक सोच्नुपर्ने देखिन्छ ।
्







