श्रमजीवीको चिन्ता राम्रो कुरा

समाजको चौथौं अगंको उपमा पाएका नेपालका पत्रकारहरु विगत धेरै बर्षदेखि मालिक देखि अन्य विभिन्न निकायको श्रम शोषणमा पर्दै आएका छन् ।
नवनिर्वाचित नेपाल पत्रकार महासङ्घको टोलिले  सञ्चारगृहको अवस्था, श्रम अभ्यास र कार्यरत श्रमजीवी पत्रकारको अवस्थाबारे अध्ययन गरी सम्बन्धित पक्षसँग छलफल गर्ने योजना गरेको छ यो निकै राम्रो पक्ष हो ।
यो अभियान काठमाण्डौंमा मात्रै केन्द्रित गरेर मात्र हुनेवाला छैन् । नेपालभर रहेका विभिन्न दुर्गम स्थानहरुमा विगतदेखि निकै समस्यामा रहेर संचालनमा आएका संचार गृहहरुको वारेमा नेपाल पत्रकार महासंघले ठोस नीति अवलम्वन गरि त्यसको कडाईका साथ कार्यान्वयन गर्नुपर्ने देखिएको छ ।
देशभरका साना लगानी तथा                 स्वरोजगारी अवस्थामा सञ्चालित पत्रपत्रिकाका समस्या र श्रमजीवी पत्रकारको अवस्था अध्ययन गर्न उपाध्यक्ष खिलबहादुर भण्डारीको संयोजकत्वमा समिति गठन गरिएको छ ।         समीतिले दुर्गमका विभिन्न स्थानहरुमा पत्रकारहरुले भोगेका पीडाहरुको उठान गरि सरकारले ठोस कदम चाल्न बाध्य पार्नुपर्ने देखिन्छ ।
दुर्गम जिल्लाहरुमा वसेर गाउँका विभिन्न अनियमितता र विकास निर्माणमा भएका ढीलासुस्तिलाई जनताहरु समक्ष ल्यायर सुशासन कायम गर्न सफल भएका श्रमजीवीहरुको चिन्ता नगरे भोलिका दिनहरुमा अँझै समस्या उत्पन्न हुने देखिएको छ । पत्रकार महासंघको यो अभियान बीचमै नरोकियोस यही कामना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार