दैलेख उद्योग बाणिज्य संघको चुनाव सम्पन्न भएको छ । निकै उत्तार चडावका रुपमा सुरु भएको एक महिना लामो चुनावले अन्ततः परिणामा पुगेर टुगिएको छ ।
सभासद पदका लागि भन्दा पनि बढी भिडन्तमा पुगेको भान हुने दैलेख उद्योग बाणिज्य संघको चुनावले अन्ततः परिणाममा पुगेको देखिन्छ । चुनावमा प्रतिश्पर्धा गरेपछि एक जनाले हार्ने निश्चित छ तरपनि चुनावी विभिन्न प्रक्रियाहरु भैरह“दा दुवै पक्षका उम्मेदवारहरुले हार्नुपर्छ र हारिन्छ भन्नेमा रतिभर पनि शंका गरेका थिएनन् । दुवै जनाले निश्चित आफुहरुको प्यानको विजयी भएको भन्दै घोषणामा उत्रिएका व्यावसायीहरुले अवको चुनावी मत परिणाम पश्चात एकमत भएर लोकतान्त्रिक विधि र प्रक्रियातर्फ लाग्नुपर्ने देखिएको छ ।
परिणाम आएपश्चात सामान्य उतार चढावहरु आउनु स्वभावीक हो ।
चुनाव लड्दा गरिएका विभिन्न बाचाहरु र विभिन्न पुरा गर्न बा“की रहेका कामहरुका बारेमा निर्वाचित पदाधिकारीहरुले गम्भिर भएर समिक्षा सहित कामको थालनी गर्नुपर्ने देखिएको छ । जिल्लाका देखिएको धरासायी व्यापार व्यवसायहरुका बारेमा चिन्ता गर्नुपर्ने देखि अन्य विभिन्न कामहरुका बारेमा निर्वाचित पदाधिकारीहरुले निश्पक्ष भएर काम गर्न सकेमा मात्र आगामी दिनहरुमा राजनीति गर्ने बाटोहरु खुल्न सक्छन् नत्र उही पुरानै चाला बाहेक केही हु“दैन् ।








