प्रतिकुल मौसम , कृषक सँधै मर्कामा

पछिल्ला दिनहरुमा दैलेखमा देखिएका विभिन्न खाले समस्यले सवै कृषकहरुलाई सताएको छ । भर्खरै व्यवसायीक तरकारी खेती लगायतका अन्य खेती कृषकमा लाग्न सुरु गरेका कृषकहरु प्रतिकुल मौसमका      कारण सँधै मर्कामा पर्न थालेका छन् ।
जिल्लामा देखिएको लामो खडेरीले अहिले अधिकाँस स्थानहरुमा कृषकहरुले गरेको तरकारी खेती उत्पादन घटेको छ । मकै लगाउने सिजन सकिएपछि बल्ल बल्ल मकै लगाएका कृषकहरुको धान खेतीमा पनि समस्या उत्पन्न हुने देखिएको छ । खोला नजिकका खेतहरु बाहेकका अन्य खेतहरुमा अहिले       रोपाँई सुरु भएको छैन्  । असार सकिन लाग्दा पनि देखिएको यस्तो समस्याको दिगो समाधान गर्नका लागि बैकल्पिक उत्पादनतर्फ कृषकहरुलाई आकर्षित गर्ने जिम्मा कसले लिने हो । प्रतिकुल मौसमबाट मर्कामा परेका कृषकहरुका लागि बैकल्पिक व्यवस्था सहित समाधानका लागि विभिन्न गैर सरकारी संघ संस्थाहरुले करोडौं रकम खर्च गरेका छन् तर यसको औचित्य भने देखिएको छैन् ।
समस्या उत्पन्न भएको भन्दै सुरक्षाका लागि गरिएका लगानीहरुले के काम गरे भन्ने  वारेमा सवै मिलेर कामको खोजी गर्नुपर्ने देखिएको छ ।     प्रतिकुल मौसमका कारण कृषकहरु सँधै मर्कामा परिरहने तर बाहानावाजीका भरमा जिल्ला भित्रिएको रकम कागजमै सकिने हो भने जिल्लाको विकास कहिले होला ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार