सिन्धुपाल्चोकमा भएको बिपतीको अहिले कसैले मुल्याँकन गर्न सक्ने अवस्थामा छैनन् । पहाडै खसेर आएको पहिरोमा परि करोडौंको धनमाल क्षती भएको छ । यसको मुल्याँकन सरकारले अँझै गर्न सकेको छैन् । पहिरो पिडितको व्यवस्थापन हुन सकेको छैन् ।
अघिल्लो रात करोडौंको सपना देखेर सुतेका अधिकाँस व्यापारीहरु रातारात सडक पेटीमा आउनुपरेको दर्दनाक अवस्थाको राज्यले पनि यसवारे गम्भिर हुन सकेको छैन् । वेपत्ता भएका सवैलाई सरकारले बाध्य भएर मृत घोषणा गरेको छ । यस्तो विपत्ती नेपालमा बेला बेलामा किन आउँछ यसवारे कसरी रोकथाम गर्न सकिन्छ यसको पुर्नमुल्याँकन गरी आगमी दिनहरुमा आउने यस्ता दैवी विपत्तिहरुबारे सरकार लगायतका सवै निकायहरु सचेत हुनुपर्ने देखिन्छ ।
व्यवस्थापिका–संसद्मा समेत सरकारले बाढी पीडितहरुका बारेमा चासो नदिएको भन्दै बोल्ने सभासदहरुले तिब्र आलोचना गरेका छन् । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले पु¥याएको क्षति मुल्याङ्कन गरि पीडितलाई राहत दिन माग गरेका सभासदहरुको मागलाई सरकारले तत्काल पुरा गर्नुपर्ने देखिन्छ । पहिरोमा पुरिएर हालसम्म ३३ जनाको मृत्यु भएको छ ,१५७ वटा घर पुरिएका छन् , ११७ जना बेपत्ता छन् । ४३६ जना विस्थापित र ४० जना घाइते भएका छन् ।
करोडौं रकम बाढी र पहिरोमा परेर क्षती भएपनि सुकुम्वासी बनेका त्यस क्षेत्रका बासिन्दाहरुको लागि राहत र पुर्नस्थापनाका लागि सरकारले तत्काल पहल गर्नुपर्ने देखिएको छ ।
नेपालभर हुने यस्ता विभिन्न खाले समस्याहरुका लागि नेपाल सरकारले समयमै देखाउनुपर्ने सजकतामा कमि आएको छ आगामी दिनहरुमा यस्ता समस्याहरु आउने वित्तिकै तत्काल समस्या समाधानका लागि अगाडी बढ्नुपर्ने देखिन्छ ।








