दैलेख जिल्ला आफैमा सुन्दर र विभिन्न् सम्भावना बोकेको छ । यस जिल्ला धार्मिक पर्यटन , कृषिमा यी क्षेत्र मा लगानी गर्न सके आफैमा समुन्त र जिल्ला बन्न सक्छ । पछिल्लो समय सुन्तला र आलु उत्पादनका लागि प्रख्यात मानिएको दैलेखमा हिमाली क्षेत्रमा हुने स्याऊ खेती समेत हुने दैलेखका हिमाली भागमा खेती गर्न थालिएको छ । दैलेखका हिमाली र उच्च पहाडी भेकहरुमा स्याऊ र जुम्लामा उत्पादन हुने स्याउ को स्वाद देखी दाना पनि बराबर हुने गरेका छन् । रातो र सेतो दुवै जातका स्याऊहरु उत्पादन भएका छन् । अहिले दैलेखको गोगनपानी गाविसको गुँराँसे, लहरा लगायतका स्थानहरुमा उत्पादन गरिएको स्याउको बजार पनि निर्कै राम्रो पाएको छ ।
यसरी एकपटक मात्र उत्पादम गरेर पुग्दैन कृषले यसलाई निरन्तरता दिन पनि आवश्यक छ । हैन भने जिल्ला कृषिबिकास कार्यालयले कागजी रुपमा स्याउ उत्पाद भैरहेको छ भन्दै प्रत्यक वर्ष स्याउका वेर्ना लाउने काम मात्र नहोस यसले धेरै कृषकको आर्थिक अवस्था सुर्धाने आयआर्जनको माध्यम बन्न आवश्यक छ ।








