नेकपा एमाले दैलेखका छैठौं जिल्ला अधिवेशन संचालन भएको छ । उद्घाटन पश्चात आज बन्द सर्तको कार्यक्रम तय गरेको नेकपा एमाले दैलेखका सामु निकै ठूलो चुनौती खडा भएको छ । दुवै क्षत्रमा संसदीय चुनावी सफलता पाएको एमालेलाई पार्टी संचालनका लागि हुन थालेको चुनावका सामान्य गतिविधीहरुले भविष्यमा असामान्य परिस्थिती सृजना गर्ने कुरा समेत देखिएको छ ।
आफ्नै पार्टीभित्रको आन्तरिक संघर्षलाई भिन्न भिन्न खाले ब्याख्या र बिश्लेषण गर्दै बिरोधि पार्टीसँग चुनावी प्रतिश्पर्धा गरेझै गरि व्यक्तिगत र हुँदै नहुने भ्रमहरु समेत यतीवेला कार्यकर्ताहरुमा फैलाउने कार्यहरु भएका छन् । यो केवल जिल्लास्तरको चुनावमा मात्र हैन् सवै पार्टीका आन्तरिक चुनावहरुमा यस्तो हुने गर्दछन् । एमालेको केन्द्रिय महाधिवेशनमा समेत छुट्टा छुट्टै कित्तामा उम्मेदवारी दिएको कुरा कसैले बिर्शेका छैनन् ।
दैलेख एमालेका केही नेतृत्व पंतीहरुले बिगतदेखिनै भेक, जात, गुट लगायतका बिभिन्न आधारमा पार्टीको नीति बिपरित काम गर्नेहरुलाइ खुला रुपमा संरक्षण गरेका कुराहरुले समेत यतीवेलाको चुनावी प्रतिश्पर्धालाई केही हदसम्म असर पुग्ने संभावना देखिएको छ । कुनै पनि नेता त्यतीवेला सक्षम नेता र नेतृत्व गर्ने खुवी राख्दछ जतीवेला बिसुद्ध रुपमा पार्टीका लागि निश्पक्ष हुन्छ । पार्टी बिरुद्धका हरेक गतिविधिहरुमा संलग्नहरुलाई कार्वाही गर्न सक्छ । यसबेला पनि त्यो कुरालाई ख्याल राखेर नेतृत्व चयन गर्नैमा प्रतिनिधीहरु चनाखो हुनुपर्ने हो की ? पदकै लागि सिगों पार्टीको निर्णय कुल्चने भएकै कारण आन्तरिक चुनाव सहज भएपनि भोलिका परिस्थिती असहज हुने र परिणाम पश्चात हुने अन्य क्रियाकलापहरु र पक्षपाती प्रवृती त्याग्न सक्ने खुवी नेताहरुमा हुनुपर्ने देखिन्छ








