अख्तियारको कदम पारदर्शिता

अख्तियार दुरुपयोग अनुसंन्धान आयोगले दैलेखका बिभिन्न सरकारी कार्यालयहरुबाट अनुसंन्धानका लागि फाईल कब्जामा लिएको छ । यो पहिलो घटना भने होईन् । विगत दुई बर्ष अघिदेखि जिल्लाका विभिन्न बिषयमा नागरिकहरुले गरेका गुनासाहरुलाई सुन्दै र अनुसंधान गर्दै आएको अख्तियार दुरुपयोग अनुसंन्धान आयोगले जिल्लामा अनुसंन्धान सुरु गरेपछि कतिपय बिकास गतिविधिहरुले अलि महत्व पाउन थालेका छन् ।
कामको मुल्याँकन भन्दा रकमको मोलमोलाई हुने बिगतको प्रचालनमा आजभोली कमि आएको छ । पुरै निराकरण गर्नका लागि त अँझै धेरै समय लाग्ने देखिएको भएपनि अख्तियारले नजर लगाउन थालेपछि गाउँघरका साना देखि ठूला सबै खाले बिकास गतिविधिहरुमा संलग्न उपभोक्ता समिति र निर्माण कम्पनीहरुले समेत चलाखी अपनाउन थालेका छन् ।   सार्वजनिक सेवा प्रवाहमा नागरिकका गुनासा सुन्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगका विभिन्न टोलिहरु बेला बेलामा दैलेखमा आएर कामको प्रगती र सामान्य जनचेतना फैलाउने कामहरु संचालन गरेपछि पारदर्शिता बढ्न थालेको छ ।
खुलम खुल्ला प्रतिशतको मोलमोलाई हुने    कुराहरुमा अहिले कमि आएको देखिएको भएपनि संस्थागत भ्रष्टाचारको जालो तोड्नको लागि स्वयं समुदायहरु र अख्तियारले समेत गहिरो अध्ययन र अनुसंन्धान कार्य अगाडी बढाउनुपर्ने देखिएको छ । कतिपय गल्ति गरेका कुराहरुलाई बाहिर ल्याउँदै कारवाही प्रक्रिया धमाधम बढाएको अख्तियारको कार्यले आजभोलीका कतिपय क्रियाकलापहरुमा पारदर्शिता बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार