साँच्चै नेपाल सरकारको बागडोर सम्हालेका हरु र राज्य सत्ता संचालन गर्नेहरुले हेला गरेका हुन् या बुझेर पनि बुझ पचाएका हुन् या दैलेखको पंचकोशीको बारेमा वकालत गर्ने पश्चिमका नेताहरुमा साहस छैन् । यस्तै प्रश्न बाहेक अरु केही देखिदैन दैलेखको पंचकोशी क्षेत्रको पहिचान र यसको प्रचार प्रसारका लागि ।
मावन निर्मित ढुंगालाई नयाँ पहिचान दिदै जिल्लाको नाम रोसन गर्ने अन्य जिल्लाहरु पनि धेरै छन् । दैलेख जिल्ला आफैमा ऐतिहाँसिक र बैज्ञानीक महत्वको जिल्ला हुँदा हुँदै पनि यो जिल्लाका विभिन्न क्षेत्रहरु अहिलेपनि ओझेलमा पर्दै आएका छन् ।
पंचकोशी क्षेत्र जिल्लाको धार्मिक पर्यटन र बैज्ञानीक महत्वका स्थानहरुको क्षेत्र हो तर राज्यले अहिलेसम्म यसको उचित खोजवीन गर्न सकेको छैन् । जिल्लाको महत्वपुर्ण तिर्थस्थल मानिएका स्थानहरुमा दिनरात निस्कने ज्वालाहरुले पेट्रोलियम पदार्थको संकेत गरेको छ । यसको अनुसंन्धानका लागि धेरै पहलहरु भएको भन्ने सुन्नमा बाहेक ब्यावहारमा लागु भएको देखिदैन् ।
धार्मिक स्थलको रुपमा परिचित पंचकोशी क्षेत्रको महत्वपुर्ण स्थान मानिएको शिरस्थान ज्वाला मन्दिर क्षेत्र बाहिर पनि आगोका झिल्काहरु देखिन थालेका छन् तर अहिलेसम्म यसको उचित खोजवीन हुन सकेको छैन् । मृत ज्वाला मुखिको अवशेषको रुपमा मानिएको दैलेख र पंचकोशी क्षेत्रका भु भागहरुमा देखिएको ज्वाला र पहिला भएका ज्वालाको आकार समेत बढ्नुले पक्कै पनि कुनै कुराको संकेत गरेको छ तर खोजवीन गर्नै क्षमता राज्यसँग छैन् ।








