न्यायोचित काम गरौ

पत्रकार डेकेन्द्रराज थापाको हत्या काण्डले बेला बेलामा ठूलो चार्चा परिचर्चा कामएको छ । तत्कालिन द्धन्द्धका बेला हत्या गरिएका पत्रकार थापाको        परिवारले शव लुकाएको चारबर्षपछि   परिवारलाई साँस्कृतिक अधिकार प्रदान गर्ने काम देखिका विभिन्न गतिविधीहरुको मुल्याँकन गर्ने हो भने र जिल्ला अदालत दैलेखले गरेको ऐतिहाँसिक निर्णयको मुल्याँकन गर्ने हो भने पनि न्यायोचित काम भएको देखिन्छ ।
हत्या अभियोगमा लागेकाहरुलाई बचाउनका लागि बेला बेलामा भएका चर्का बहसहरु आन्दोलनहरुलाई नेपालका सबै मानवअधिकारकर्मी र पत्रकारहरुले साथ दिएकै कारण दैलेख न्याय माग्ने थलोको रुपमा बिकास भएको छ ।
ठूला मानवअधिकारकर्मीहरुले समेत न्याय नपाए गोर्खा जाने उखान परिवर्तन गरेर न्याय नपाए दैलेख जानु भन्ने उखान बनाउन सफल भएको डेकेन्द्र थापाको हत्या काण्डले अहिलेपनि चर्चा कामएको छ ।
त्यो सँगै जिल्लामा कतिपय कामहरु हुने गर्दछन् जो क्षमता र योग्यताको आधारमा गरिनुपर्ने हो त्यसमा पनि विभिन्न दलिय स्वार्थ सँगै अन्य स्वार्थहरु जोडिएर कहिलेकाँही सामान्य त्रुटीहरु हुने गरेको देखिन्छ ।
यस्ता त्रुटीहरुलाई सच्याउँदै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सबैको योगदानको कदर गर्दैै साना देखि ठूला सवैखाले कामहरुमा न्यायोचित निर्णयहरु गर्नका लागि सवैले साथ दिन सकेको खण्डमा दैलेख पक्कै पनि न्याय माग्ने थलो बन्न सक्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार