स्थानिय सामाग्रीहरुको उपयोग खोई

जिल्लाका ठूला सरकारी कार्यालयहरुमा दिनहुँ साना देखि ठूला सवैखाले कार्यक्रमहरु हुने गर्दछन् । ठूला होटेलहरुमा विभिन्न गैर सरकारी संघ संस्थाहरुले लाखौंका कार्यक्रमहरु संचालन गर्ने गर्दछन् ।
अरु मात्र हैन् लद्युउद्यमी मेलाको आयोजना गरेका आयोजकहरुले नै बर्षको करोडौं     रकम तालिम र गोष्ठि भनेर सक्ने गरेका छन् । मेला आयोजकहरुले गर्ने बर्षभरीको सयौं गोष्ठि र बैठकहरुमा कहिल्यै पनि स्थानीय लघुउद्यमीहरुले उत्पादन गरेका सामानहरुको उपभोग भएको देखिदैन् । स्वास्थ्यका लागि फाईदाजनक मानिएको स्थानीय बेलको जुस खान छोडेर बाहिरबाट आएको जुसमै बानी परेका आयोजकहरुले पहिला अव स्थानीय बस्तुहरुको हरेक कार्यक्रममा उपभोग गर्ने प्रर्ण गर्न सक्छन की सक्दैन् ?
मेला लगाउनु राम्रो काम हो मेलामा स्थानीय बस्तुहरुको प्रचार प्रसार भएको छ । दैलेखमा बिगत पाँच बर्ष अघिको उद्यमसिलता र अहिलेको उद्यमीहरुको दाँजो गर्ने हो भने धेरै परिवर्तन भएको देखिन्छ । उद्यमीहरुको सुरुवात नै नभएका स्थानहरुमा जिल्ला लघु उद्यमी संघ गठन गरि स्थानीय कच्चा पदार्थहरुलाई प्रशोधन गरेर विभिन्न सामग्रीहरु निर्माण र बिक्रि        बितरणको सुरुवात गरेपछि अहिले जिल्लाका ४९ गाविस र २ वटा नगरपालिकामा रहेका २ सय जना लद्यु उद्यमीहरुले बिभिन्न उत्पादनहरु सुरु गरेका छन् । स्थानीय दालमोट, भुजीया, लगायतका सयौं परिकारहरु मेलामा उद्यमीहरुले ल्याएका छन् अव यी सवै जिल्लामा उत्पादन गरिएका बस्तुहरुको पहिलो उपभोग जिल्लाका बासिन्दाहरुले गर्नुपर्ने प्रावधान कसले गर्ने हो पहिला त्यसतर्फ ध्यान दिन सक्यौं भने बल्ल स्थानीय उत्पादन र उद्यमीहरुको सम्मान हुने देखिन्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार