सामाजिक संरचना, मुल्य र मान्यताका आधारमा समाजभित्र हुने विभिन्न खाले घटना, दुर्घटनाहरुको सिकार हुँदै अगाडी बढेको हाम्रो समाजले पछिल्ला बर्षहरुमा सँस्कृतिहरुमा काँचुली फेर्न सफल भएको छ ।
सामाजिक मुल्य र मान्यताभित्रका कतिपय कुसँस्कारहरुले समाजिक जीवन जिउन समस्या पैदा गरेका छन् ।
पछिल्ला बर्षहरुमा भित्रिएको बिकृतिले पनि समाजमा हत्या र हिंसा लगायतका समस्या उत्पन्न भएको छ ।
बिभिन्न कसुरमा सजाय भोगिरहेका कैदी बन्दीहरुलाई सरकारले हेर्ने दृष्टिकोणमा केही मात्रामा परिवर्तन गरेको छ । बन्दी गृह भनेपछि गल्ति गरेका मानिसहरुले सजाय भोग्दै गर्दा उनीहरु सुध्रने अवसर मिलोस भनेर गरिने व्यवहारमा सरकार पक्षको कमजोरी देखिएपछि बिभिन्न मानवअधिकारवादी संघ संस्थाहरुले यसको चर्को बिरोध समेत गरे अहिले पछिल्ला दिनहरुमा कैदी बन्दीहरुको आत्मसम्मान कायम राख्नका लागि विभिन्न क्रियाकलापहरु संचालन गर्न थालिएको छ । दैलेख कारागारमा रहेका कैदी बन्दीहरुको बन्दी जीवन पश्चात समाजमा पुनः राम्रो कामको सुरुवात गर्ने उद्देश्यले ज्ञानबर्दक पुस्तकहरु राखेर पुस्तकालय स्थापना गरिएको छ । यो राम्रो कार्यको थालनी हो । पुरानो काराकागारमा निकै कोचाकोच गरि कष्टकर बन्दी जिवन बिताउनुपर्ने बाध्यतामा रहेका दैलेखका बन्दीहरुले नयाँ कारागारमा सरेपछि खुःशी महसुस गरेका छन् । बिभिन्न अपराधमा संलग्न भएका बन्दीहरुलाई पुस्तक पढि बन्दी जीवन पछि समाजमा राम्रो योगदान गर्न सकुन भन्ने उद्देश्यले गरिएको पुस्तकालयको स्थापनाले पनि खाली समयमा राम्रा पुस्तकहरु बढेर सुध्रने राम्रो अवसर हुन सक्छ ।








