अब एक हप्ता मात्र रह्यो कि ?

दैलेखलाई खुलादिसामुक्त गाविस घोषणा गर्ने भनि तोकिएको समय सिमा सकिन अव एक हप्ता मात्र बाँकी रहेको छ । अहिले दैलेखमा दुईवटा असार चलिरहेको छ । एक हप्ता भित्र खुलादिसामुक्त सम्पन्न गर्नुपर्ने चुनौती सँगै यसलाई पनि असारे चटारोको रुपमा लिइएको छ भने अर्कोतर्फ जिल्लामा करोडौं रकमका बार्षिक कार्यक्रमहरु सम्पन्न गर्ने विभिन्न गैर सरकारी संघ संस्थाहरुको असार पनि एक हप्ताभित्रै समाप्त हुने देखिएको छ ।
महत्वको रुपमा रहेको खुलादिसामुक्त अभियान संचालनमा अहिले निकै तिब्रता देखिएको छ  यसका लागि डि.वास. सि.सि.ले समेत आफ्नो अभियानलाई बढाएको छ । हतार हतारमा कतिपय स्थानहरुमा खाल्डो खन्नेहरु देखि सौचालय बनाए वा बनाएनन् भन्दै अनुगमन गर्नेहरुको समेत लर्को लाग्ने गरेको छ । झण्डै ४२ गाविसहरु खुलादिसामुक्त गाविस घोषणा भैसकेको छन् भने एक साताभित्र बाँकी ७ गाविस र २ वटा नगरपालिका समेत खुलादिसामुक्त हुने संकेत देखिएको छ ।
केही समय अन्यौलतामा रहेको अभियानले अहिले गति लिएको छ । सौचालय निर्माणका लागि सामान्य सहयोग समेत प्रदान गरेपछि अति बिपन्न, गरिव र पछाडी पारिएका समुदायहरुमा समेत सौचालय निर्माण कार्यले तीब्रता पाएको छ । कतिपय सामाग्री पाएर पनि निर्माण कार्य नगरेका ठाउँहरुमा कडा निगरानी गरिएको छ । यसले पक्कै पनि दैलेख जिल्ला तोकिएकै समयमा खुलादिसामुक्त जिल्ला घोषणा हुने संभावना बढेको छ ।
अभियानको समय छोटीदै गर्दा चिसोको प्रवाह नगरेर तातिएको दैलेखको माहोल अवस्य पनि सफलतामा पुग्न सक्ने देखिएको छ । अभियान सफल पार्न सबै सचेत बर्गहरुको सहभागिता अनिवार्य छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार