खाने पानी योजना भित्रको दुरुपयोग बसले हेर्छ

जिल्लामा खानेपानी, सरसफाई र सौचालय निर्माणको अभियान संचालन    भैरहेको छ । विगत पाँच बर्ष अघिको मात्र खानेपानीको लगानी हेर्नै हो भने अधिकाँस स्थानमा गरिएको लगानी दुरुपयोग भएको देखिएको छ ।
तथ्याँक अनुसार जिल्लाभर संचालन       गरिएका योजना मध्ये २० प्रतिशत मात्र योजनाहरु संचालनमा आउनु भनेको धारा कुवा, लगायतका निर्माणको जिम्मा लिएका जिम्मेवार निकायहरुले न त उपभोक्ता समितिलाई जानकारी र कडाई गरे न त उपभोक्ताहरुले नै यो आफ्नो योजना हो भनेर ख्याल गरे । दुवैको बरावर जिम्मेवारीका        कारण दैलेखमा करोडौं लगानीका योजनाहरु बिग्रेको देखिएको छ । गाउँमा यस्ता उपभोक्ताहरु भेटीएका छन् जसले योजना निर्माणका लागि कति रकम आएको थियो । थाहा छैन् । निर्माणको जिम्मा लिएका गैर       सरकारी संस्थाले समेत भिन्न भिन्न बैकमा खाता खोलेर उपभोक्ताले ३ प्रतिशत ऋण       गरेर योजना बनाउनुपर्ने बाध्यतामा रहेका     छन् । यसरी देखिएको अनियमिततालाई अव कसले छानवीन गर्ने हो । बल्ल बल्ल खुलादिसामुक्त अभियान सम्पन्न गर्ने जर्मको        गरिरहेको दैलेख जिल्ला र जिल्लामा कार्यरत विभिन्न गैर सरकारी संघ संस्थाहरुले अव हरेक निर्माण गुर्नुपुर्व उपभोक्ता समिति र सम्वन्धित सवैले योजना दिगो रुपमा संचालनका लागि अपनाइने विभिन्न विधिहरु अवलम्वन गर्नुपर्ने देखिन्छ ।
योजना सुरु भएपछि कम्तिमा २० बर्षसम्म चल्नुपर्ने सामान्य मान्यता हुने भएपनि अहिले सामान्य दुई देखि तीन बर्षसम्म चलेका र बिग्रेर चल्न नसकेका योजनाहरु मध्ये ५० प्रतिशत भन्दा बढी योजनाहरु पुनः निर्माण गर्नुपर्ने देखिएको छ । अव खानेपानी योजना भित्रको बदमासी कसले हेर्ने हो ?

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार