नजिकको तिर्थ के भनेझै पछिल्लो समयमा स्थानिय स्तरमै उत्पादन हुदै आएको पहाडी कागज स्थानिय स्तरमै खपत हुन सकेको छैन । नेपाल सरकारले स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने अभियान संचालन गरिरहेका बेला जिल्लामा उत्पादन भएको पहाडी कागज भने जिल्ला भन्दा बाहिर लगेर बेच्नु पर्ने बाध्यता रहि आएको छ ।
तमसुक, अदालती फैसला लगाएतका विभिन्न महत्वपुर्ण कुराहरु लेखनका लागि पहाडी कागज निकै महत्वपुर्ण मानिन्छ ।
बाहिर जिल्ला आएका तेम्बा सेर्पा अहिले दैलेखको दुर्गम द्धारी गाविसमा संचालीत हाते कागज उद्योगमा काम गरिरहेका छन् । उनीसँगै दोलखाका ३ जनाले रोजागरी पाएका छन् । दैलेखबाट रोजगारि गर्न जिल्ला बाहिर जाने युवाहरुको लहर चलेको बेला दैलेखको दुर्गम द्धारी गाविसमा उनिहरुले राम्रो आम्दार्नी गरेका छन् ।
गाउँमा पहाडी कागज निर्माण गर्ने उद्योग संचालन गरेपछि स्थानीय जंगलमा भएको लोक्ताको पनि सदुपयोग भएको भने अर्को तर्फ रोजगारीको अवर पाएका छन् । पटक पटक जिल्लाबाट उद्योग हेर्न जानेहरु आश्वासन मात्र दिएर फर्कने र उद्योगमा आवश्यक पर्ने विभिन्न समस्या समाधानका लागि कसैले पनि सहयोग नगरेपछि उक्त उद्योग तर्पm दिन प्रतिदिन निराशा जाग्दै गएको छ । यसरी स्थानिय स्तरमै उत्पादन गरिएको काजग हाम्रै बजार क्षेत्रमा खपत हुने हो भने उद्यमीहरुको शिपको कदर हुनुका साथै आयआर्जनमा बृद्धिहुने देखिन्छ ।








