संविधान जारी गर्ने मिति जम्मा दुई दिन मात्र बाँकी रहँदा सोमवार राती सम्मानीत मानिएको व्यवस्थापिका संसद भवन भित्र देखिएको ताण्डव नृत्यले नेपाल पुनः द्धन्द्धको खतरामा पर्दै जाने संकेत गरेको छ ।
बिधि र प्रक्रिया भन्दा पहिला मुलुकका राजनीतिक दलहरुले गरेको पटक पटकको सहमती र सहकार्यको कुरामा पनि सहमत नहुने र अन्तिम बिकल्पको रुपमा रहेको पक्रियामा भाग लिन खोज्दा पनि काम अवरुद्ध गर्ने यस्तो नियतले पक्कै पनि नेपाल र नेपालीहरुको भाग्य र भविष्यमाथि ठूलो संकट देखिने दिनहरु आउने संभावना देखिएको छ । दुई दिन अगाडी देखिएको यो दृश्य विगतको संविधान सभामा पनि देखिसकेको अहिलेका सत्तासिन र अन्य सवै दलहरुलाई थाहा भैसकेको थियो तर पनि सहमतीका विभिन्न प्रक्रियाहरु थालनी गर्नुपर्ने भन्दै दलहरु संबाद र बार्ताकै घेराभित्र रुमलिनु बाहेक अरु कामहरु देखिएनन् । सत्ता पक्षले पेलेर जान खोजेको भन्दै एमाओवादी लगायतका १९ दलिय मोर्चाले अवरोध गर्ने सत्तासिन दलहरु देश टुक्रा पार्ने लगायतका बिषयकहरुमा कुनै हालतमा सहमती नगर्ने अडानमा देखिनुले पनि यसपालि संबिधान तोकेको समयमा जारी नहुने पक्का भैसकेको छ । विगतदेखि नेपालको भलो नचाहने शक्तिहरुका लागि खेलमैदान बन्दै आएको नेपाल पुनः खेलमैदानकै रुपमा मात्र रहने चिन्ता बढेको छ ।








