संविधान सभाको झगडा गाउँसम्म

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले यतिबेला आन्दोलनको घोषणा गरेको छ । यद्यपि आन्दोलनका कार्यक्रम कडाखालका छैनन् । एक महिनापछि कडा आन्दोलन गर्ने मोर्चाको तयारी गरेको पनि एमाओवादीले जानकारी दिएको छ ।
निकै लामो छलफल र बहस पछि पनि सहमती आउन नसकेपछि सत्तापक्षले पक्रियाको थालनी गरे त्यसको लागत्तै एमाओवादी झनै समस्यामा देखिएको छ ।
सत्तापक्षले हिजो गरेका सवैका बाचा हरुको आत्मसाथ गर्दै प्रक्रियाको मात्रै थालनी गरेको बताएको भएप्नि प्रक्रियामा गएर आफुहरुलाई बहुमतको ध्वाँस सत्ता पक्षले देखाएको आरोप एमाओवादी लगायतका प्रतिपक्षहरुको रहेको छ ।
कुनैपनि बैठकमा उपस्थित नहुने निर्णय गरेको एमाओवादीले सत्ता पक्षका सभासदहरुको भण्डाफोर गर्न आ आफ्नो कार्यक्षेत्रमा जनताहरुलाई खटाएको      छ । अहिले आ – आफ्नो क्षेत्रमा सत्तापक्ष र प्रतिपक्ष दुवै सभासदहरु देखिएका छन् । संबिधान सभाभित्र देखिएको नाराजुलुस आम जनताहरुले देखैकै छन् अव गाउँमा आएर फेरी कस्तो खालको झगडा हुने हो त्यो भने हेर्न बाँकी नै रहेको छ ।
काठमाण्डौंमा मात्र हैन गाउँ गाउँमा पनि त्यस्तै झगडाहरु देखिन त होईनन् अहिले जनताहरुमा जनचासो बढेको छ । संविधान सभाको झगडा कतै गाउँमा आउने त हैन् ? जनतलाई गाउँमा आएर झगडा हैन संविधान दिनुपर्ने देखिको छ त्यसका लागि कसले के गर्र्यो त्यसको उत्तरको खोजीमा छन् जनताहरु ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार