कुनै काम भनेको समयमै पुरा गर्नका लागि हल्ला पिट्ने गरिन्छ , कुनै काम सबैको लागि हितकर हुन्छ र भनेबमोजीमका क्रियाकलापहरुमा जनताहरुले प्रत्यक्ष भाग लिएपछि मात्रै पुरा हुन्छ, त्यस्तै कामको लागि पनि हल्ला निकै गर्नुपर्छ ।
नहुने कामको लागि गरिएको हल्लालाई केवल हल्लाको रुपमा मात्रै लिईन्छ ।
कतिपय कामहरु तोकिएको समयसिमाभित्र सम्पन्न नुहने भएपछि र नगरेपछि हल्लाखरेले हल्ला गरे झै मात्र हुने गर्दछन् त्यस्तै भएको छ दैलेखको खुलादिसामुक्त अभियान ।
जिल्लालाई सन् २०१४ भित्र खुलादिसामुक्त जिल्ला घोषणाको अभियानमा लागेका सम्वन्धित निकायहरुले निकै हल्लाखल्ला गरेर महत्वपुर्ण अभियान सफल पार्न नजिकसम्म पुगेको भएपनि पुर्ण सफलता भने हुन सकेन । नागरायण नगरपालीका भित्रका कतिपय वडाहरु खुलादिसामुक्त हुन नसकेका कारण अभियान रोकिएको छ ।
अव यो अभियानलाई यतीकै छोड्ने काम गर्ने भन्दा पनि जतिसक्यो छिटो टुँगोमा पर्याउनतर्फ अग्रसर हुनुपर्ने देखिएको छ ।
सौचालय निर्माणका लागि सबैलाई जेनतेन सहयोग भएकै छ । पिन सेट, पाईप लगायतका सामानहरु निशुल्क दिदासमेत सौचालय नवनाउने घर परिवारलाई अँझै नयाँ अभियान थप गरेर वा अन्य थप उर्जासिल बनाउँदै अभियान सम्पन्न गर्नुपर्ने देखिन्छ । नत्र हल्लाखरे अभियानको रुपमा मात्रै हुन सक्छ खुलादिसामुक्त अभियान ।








