पत्रकारले जिम्जेवारी र कर्तव्य बुझ्नु पर्दछ     जतीवेला बिधिको शासन हराएको थियो । जनताहरुले आफ्नो अधिकार रक्षाको कुरा त परै जाओस् । सुचनाको हक लगायतका विभिन्न हक र अधिकारहरुबाट बञ्चित भएका थिए । त्यसवेला देखिनै समाज        परिवर्तनको नारा बोकेर सडकमा उत्रने देखि, अराजक र भ्रष्टहरुका बारेमा वकालत र पैरवी गर्दै निमुखा जनताको अधिकार स्थापित गर्नका लागि लागेको सिंगो पत्रकारहरुको संस्था र विभिन्न संघ संगठनहरुमा बेला बेलामा सरकार संचालकहरु र अन्य निकायहरुबाट दमन र हस्तक्षेप हुने गर्दछ ।
तत्कालिन समयमा साही शासन लगायतका विभिन्न शासनहरुको परिवर्तनका लागि पहिला सडकमा उत्रने नेपालको संचार क्षेत्रको पहिचान र यसको गौरवलाई कसैले बिर्सन नहुने देखिएको छ । समाजको चौथो अंगको दर्जा पाएको पत्रकारिता क्षेत्रले आफ्नो जिम्मेवारी र कर्तब्य बोध गर्न नसकेको खण्डमा त्यसले समाजमा निकै नराम्रो असर पार्ने गर्दछ । समाज परिवर्तनका संबाहकका रुपमा रहेको पत्रकारिताको जिम्मेवारी कतिपय अवस्थामा अवलम्वन गर्नेहरु वा पत्रकारहरुबाटै मिचिने गर्दछ । त्यसको लागि स्वयं पत्रकारहरु जिम्मेवार हुनु पर्दछ । कुनै एकले गरेको गल्ति अर्को सुत्रमा परिणत गर्ने काम पनि नेपाल सरकारको बागडोर सम्हालेका हरुबाट विगतदेखि हुँदै आएका छन् ।
समाचार संकलनको लागि कार्यक्षेत्रमा खटिएका बाँकेका पत्रकारहरुमाथि लगाउन खोजीएको झुठो मुद्धामा अन्ततः सरकारले हार स्विकार गरेको छ । सत्यको जीत हुने   कुराको गतिलो अर्को उदाहरण पनि हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार