पहिलो संबिधान सभामा सहमती नभएर दुई बर्षका लागि भनिएको संबिधान सभाको म्याद चार बर्ष सम्म भयो ।
ञचार बर्षे अबधीमा बिभिन्न दलहरुका बरिष्ठ नेताहरु प्रधानमत्री भएर देश चलाए । एक दलको प्रधान्मन्त्री हुदा अर्को दलले प्रधानमन्त्रीको पुत्ला जलाउने र कठपुतलीको संज्ञा दिने काम बाहेक अरु केहि भएन । दलहरु बिच सहमती भएर चार बर्षका लागी संबिधान सभाको म्याद थपेको समय पनि संबिधान निर्माण नगरी नै संबिधान सभाको भंग भयो ।दलहरु एकाएक जनतामाझ आएर जनताको मन जित्नका लागि फलानो दलले संबिधान निर्माणमा अबरोध गरेकाले संबिधान निर्माण नभएको बताए पछि पुन दास्रो संबिधान सभाको निर्बाचन भयो दोस्रो संबिधान सभाको निर्बाचनमा पहिलो संबिधान सभाको निर्बाचन जस्तो भएन । पहिलो संबिधान सभामा दोस्रो पार्टि भएको नेपाली काँग्रेस र तेसा्रे पार्टि भएको एमाले पहिलो र दोस्रो भए माओबादी तेस्रो स्थानमा झ¥यो । संबिबधान सभाको निर्बाचनको मत परिणाम नआउदै एमाओबादीले संबिधान सभाको निर्बाचन धाधली भएको भन्दै निर्बाचनमा बहिस्कार ग¥यो त्यस पछि दलहरुका बिचमा सहमती हुन सक्ने बाताबरण र्नै तयार भएन । जनतालाई धोका दिएर र राज्यको ढुकुटि रित्याउने काम मात्र गरेका दलहरुले शान्ती र संबिधान निर्माणमा सहमती कहिले खोज्ने हुन त्यो भने हेन बाँकी छ








