दैलेख सदरमुकाम हुँदै बाहिर जिल्ला संचालन हुने विभिन्न यात्रुहरुलाई जिल्ला प्रहरी कार्यालय दैलेखले बेला बेलामा जनचेतना मार्फत बिभिन्न नीति नियमका बारेमा जानकारी गराउँदै आएको छ ।
सुर्खेतदेखि जुम्ला जाने कर्णाली राजमार्गको दैलेख क्षेत्र निकै संबेदनशिल क्षेत्रको रुपमा मानिन्छ । यो सँगै सुर्खेत दैलेख, दैलेख नौमूले लगायतका अन्य स्थानहरुका सडकहरुमा पनि कमजोर संरचना भएकोले यसवारे सम्वन्धित निकायहरुले तत्काल पहल थाल्नुपर्ने देखिन्छ ।
प्रहरीको एकल प्रयासले मात्रै दुर्घटना न्यूनिकरण नहुने कुरालाई सबैले ध्यान दिनुपर्ने देखिन्छ । यात्रा गर्दा यात्रुहरुले अपनाउनुपर्ने सावधानी, सवारी धनिले अपनाउनुपर्ने नीति नियम यस्ता सबै कुराहरुलाई बेलैमा ध्यान दिनुपर्ने देखिन्छ नौमूलेमा गरिएको सार्वजनिक सुनुवाइमा बोल्दै प्रमुख जिल्ला अधिकारी र अन्य निकायहरुले नौमूले सडकको रुट प्रमिट एक हप्ता भित्रै दिने भन्ने प्रतिबद्धता लगायत जिल्ला बिकास समितिले गरेका प्रतिबद्धताहरुलाई पनि ध्यान दिनुपर्ने देखिएको छ । सार्वजनिक रुपमा गरिएका प्रतिबद्धताहरुको पुनरावलोकन गर्दै जनतालाई प्रदान गर्ने सेवा सुविधाहरुको बारेमा सम्वन्धित निकायले चासो बढाउनुपर्ने हो कि ?








