दैलेख जिल्ला ऐतिहाँसिक, धार्मिक, साँस्कृतिक र पुरातात्विक महत्वको मात्र नभई यो जिल्ला कला र सँस्कृतिको लागि पनि निकै महत्वको जिल्ला भित्र पर्दछ ।
यहाँका कला र सँस्कृतिहरुलाई संरक्षण गर्नुपर्ने जिम्मा राज्यको पहिलो प्राथमिकताभित्र पर्ने हो तर राज्यको अहिलेसम्म ध्यान पुग्न नसकेको यो जिल्ला सरकारमा जो गएपनि ठगिने गर्दछ । बिभिन्न बाहनामा दैलेखलाई मुख्य बिषय बनाउँदै आफ्नो सत्ताको भ¥याङ्ग बनाउने यो देशका सत्ता सम्हालेका नेताहरुले समेत अहिलेसम्म दैलेखका बिषयहरुमा गम्भिर हुन सकेको छैनन् । राज्यले त हेरेन त्यो यहाँका आम नागरिकहरुलाई थाहा छ तर सम्वन्धित राजनीतिक दलहरु र स्थानीय निकायहरुले समेत दैलेखको बारेमा गम्भिर हुन सकेका छैनन् । पहिलो अभियान अन्तरगत यहाँका जिल्ला बिकास समिति र नारायण नगरपालिकाले समेत ठोस कदम चाल्न सकेका छैनन् । जिल्लाका कला सँस्कृति संरक्षण र कलाकारहरुको बारेमा समेत चिन्तित हुन नसक्ने जिल्लाका ओहदाका व्यक्तिहरु मात्र हैन् राम्रो गर्ने मानिसहरुको सम्मान गर्ने बानी कसैको छैन् जिल्लामा ?








