जिल्लामा नागरिक अगुवाको भूमिका खेल्ने विभिन्न संस्थाहरु बिगतदेखिनै परिचालित रहेका छन् । नागरिक संघ संस्थाहरुले विभिन्न अधिकार, सुशासन लगायतका विभिन्न बिषयहरुमा वकालत र पैरवती गर्ने पहिलो अधिकार र कर्तब्य हुन आउँछ ।
आम व्यापारिकहरुको साझा संस्थाको रुपमा रहेको उद्योग बाणिज्य संघ, पत्रकारहरुको हक हित र बकालतका लागि लड्ने पत्रकार महासंघ, सुशासन र पारदर्शीताको लागि भनेर गाउँ गाउँमा बिकास अभियान थाल्ने गैर सरकारी संघ संस्थाहरुको छाता संगठन गैसस महासंघ । बिशेष गरेर जिल्लामा तीन वटा संस्थाहरु लुज फोरमका रुपमा काम गरिरहेका छन् । नागरिकहरुका आवाजहरु बिभिन्न माध्यामहरुबाट सम्बोधन गर्नका लागि दवाव दिने यि संस्थाहरुमा समेत चुनावका बेला देखिएका तिक्तताका कारण राम्रो सँग संचालन हुन नसक्ने अवस्थालाई मध्यनजर गर्दै गैर सरकारी संस्थामा भने यसपालि सर्वसम्मत नेतृत्व चयन गरिएको छ यो राम्रो उदाहरण हो । गैर सरकारी संघ संस्थाहरुमा देखिएको अपारदर्शिता हटाउन र साना गैर सरकारी संघ संस्थाहरुलाई उचित स्थान दिलाउन अहिलेको कार्यसमिति कतिको सक्रिय हुने हो त्यो भने हेर्न बाँकी नै छ । खैर सर्वसम्मतीमा नेतृत्व लगायत सवै पदहरु छानिएका कारण नागरिक संगठनको हैसियत पाएको गैससका पदाधिकारीहरु र अध्यक्षले राम्रो काम गर्नुपर्ने देखिन्छ ।








