चार – पाँच बर्ष अघि मात्रै एस.एल.सी. दिन आएका विद्यार्थीहरुका पछाडी कम्तिमा चार जना सम्म अभिभावक र आफन्त आउनुपर्ने बाध्यता थियो । एउटा चिट चोराउन,े एउटा प्रश्न ल्याउन,े अर्को उत्तर हल गर्ने अनि अर्को कतिवेला बाहिर आउँछ भनेर कुर्ने, यस्ता घटनाहरु दैलेखका लागि कुनै नौला भने होईनन् ।
परिबर्तीत समय र जिल्ला शिक्षा कार्यालयले गरेका विभिन्न प्रयास सँगै होमसेन्टर परिवर्तनकै कारण अहिले एस.एल.सी.मा जम्मा हुने ठूलो जमात घट्दै आएको छ । सँधै चर्चा र परिचर्चा हुने दैलेखको परिक्षाले आजभोली चर्चा पनि कमै पाउने गरेको छ ।
पहिला बिशिष्ट श्रेणीलाई निकै महत्व मान्ने दैलेखमा अहिले विशिष्ट श्रेणीमा पास हुने विद्यार्थीहरु बढ्दै गएका छन् यो बर्ष ४ जनाले पास गरेका छन् कतिपय बिद्यार्थीहरु १ प्रतिशतले बिशिष्ट श्रेणीमा पुग्न सकेका छैनन् । यो जिल्लाको लागि प्रगती भएको मान्नुपर्दछ । अव बहस गर्नु जरुरी छ सरकारी विद्यालयहरुको सुधारका लागि ।
निजी क्षेत्रका विद्यालयहरुले परिक्षाको आउनुभन्दा कम्तिमा ३ महिना अघिदेखि बिशेष कक्षा संचालन गरेर भएपनि विद्यार्थीहरुलाई उतिर्ण गराउने अभियानमा लागेका हुन्छन् ।
आगामी बर्षदेखि कोही फेल नहुने नीति लागु हुँदैछ नीति राम्रो भएपनि आउने रिजल्टले स्पष्ट देखाउने छ की कुन विद्यालयको कति प्रशित आयो भनेर त्यसैले दैलेखमा सुधार हुँदै गएको एस.एल.सी. परिक्षालाई अँझै सुधार गर्न गतिलो शैक्षिक बहस जरुरी देखिन्छ ।








