मध्यपश्चिमका जनताहरु लगातार आन्दोलन गरिरहँदा हुँदै नहुने सिँमाकनको कुरा अगाडी बढाउने नेताहरुको कानमा आवाज पुग्न सकेको छैन् ।
हामी सँधै पछाडी छौं तर पनि सोच्दै नसोचेको धनि जिल्लाको रुपमा र धनी राज्यको रुपमा पनी अगाडी बढ्न सक्ने संभावना छ ।
हाम्रा प्राकृतिक स्रोत साधनहरुमा गिद्देदृष्टि लगाउने केही दलाल र पुजीपती राष्ट्रका केही निश्चित व्यक्तिहरुको भावी रणनीतिमा हाम्रा सन्ततीहरुले सँधैभरी दुःख पाउने संभावना सिमाँकनले देखाएको छ ।
अहिलेपनि बिभिन्न बखेडा थापेर जनताहरुलाई राणा शासन, पंचायती शासन र तत्कालिन साही काल भन्दा पनि कडा दमन गरेका यो देशमा दुई चार जना नेताहरुले आफ्नो राजनीतिक भविष्य सुधार गर्नका लागि बिशेष गरेर दैलेख, सुर्खेत र जाजरकोटका जनताहरुलाई बलिको बोका बनाएका छन् ।
यदी त्यसो नभएको भए विगतको १९ दिने जनआन्दोलन भन्दा पनि चर्को गरि दैलेखमा आन्दोलन भैरहेको छ । सुर्खेतमा ज्यानै गएको छ । कर्णाली निकै तातिएको छ । एकदमै भद्र तरिकाले दैलेखमा सबै पेशाकर्मिहरु सडकमा उत्रीएका छन् । तर दैलेख र कर्णालीमा रहेका प्राकृतिक स्रोत साधनहरुलाई भावि दिनहरुमा आफ्नो नेतृत्वमा राख्नका लागि अहिले यहाँका नागरिकहरुलाई अन्याय गरिदैछ । केही बर्ष अघि नै चलाउनुपर्ने आन्दोलन ढिलै भएपनि चर्कीएको छ । यसलाई निश्कर्षमा नपुग्ने बेलासम्म आन्दोलन रोकिनु हुँदैन् नत्र कुनै अर्को देशको नजर हाम्रा नदिनालाहरुमा परेकै कारण दैलेखी जनताहरु सुदुरपश्चिममा पुगेका छौं धोका भएको छ ।








