हामी कतिसम्म कुरा गर्न सक्ने भएका छौं भने कागले कानको सुन लग्यो भनेपछि । कान नछामेरै कागको पछाडी दौडन्छौं । त्यही भयो यसपालिको दैलेख आन्दोलन पनि । के र कस्ता बिषयहरु समाचारमुलक हुन्छन् । आन्दोलनहरु सबै समाचार हुन सक्दैनन्् आन्दोलन भित्रका महत्वपुर्ण कुराहरु समाचार हुन्छन् । दिनहुँ सदरमुकाममा कराएका कुराहरुलाई दैलेखमा काम गर्नेै संचारकर्मीहरुले निकै सचेतना अपनाएर समाचारका शिर्षकहरु बनाएका छन् । दिनहुँ कुनै न कुनै बिषयका रुपमा समाचारहरु संप्रेषण भएकै छन् । मुख्य गरेर जिल्लाबाट टेलिभिजनमा काम गर्ने संचारकर्मीहरुको योगदान यसपालिको आन्दोलनको महत्व बनेकै हो । पाँचौ दिनसम्म जिल्लामा टेलिभिजनमा काम गर्ने केही संचारकर्मीहरु काम बिशेषले बाहिर गएका बेला केही समाचारहरु छुटेको कुराले जिल्लामा व्यवसायिक पत्रकारिता भित्रको महत्वपनि दर्शाएको छ । पत्रकारहरुलाई सामान्य दृष्टिले हरिने प्रचलन सिमाँकनको आन्दोलनले केही हदसम्म भएपनि महत्व बढाएको छ । दैलेखमा काम गर्ने सवै संचारकर्मीहरुले आ आफ्ना संचार क्षेत्रहरुमा समाचारका विभिन्न कोणहरु प्रस्तुत गरेर दैलेखको नाम सँधै जोडिराख्ने प्रयत्न गरिरहेकै छन् तर बजेका समाचारहरु र स्थानीय संचारकर्मीहरुले गरेको दुःखको मुल्याँकन नगरिकनै दैलेखको समाचार नै आएन भनेर गरिएको विश्लेषण बौदीकता हराएको बाहेक अरु केही हुन सक्दैन् । स्थानीय संचार माध्यामहरु रातदिन आन्दोलनकै समाचार भनेका छन् लेखेका छन् । अँझै पनि समाचार आएन रे ? अहिले मुलुकका ४० बढी जिल्लाहरुमा आन्दोलन चर्किएको छ । कतिपय स्थानहरुमा मानिसको मृत्यु भएको छ । कतिपय स्थानहरुमा कफ्र्यू लागेको छ । सरकारी कार्यालयहरुका बोर्डहरु कब्जा गरेर संघियताको बोर्डहरु लागेका छन् । आन्दोलन भित्र पनि समाचारको प्राथामिकिकरण हुने गर्दछ । अव दैलेखमा भएको शान्तिपुर्ण र सालिनताको प्राथमिकता कति होला । आफै बिश्लेषण गर्नुपर्छ ।
अर्कोतर्फ अहिले राज्यले सिंमाँकन सँगै मध्यपश्चिमका सामाचारहरुलाई समेत ओझेलमा पारेको छ । मध्यपश्चिमभरि न बिद्युत नियमित छ न एडिएसएल सेवा प्रभावकारी चलेको छ । यतातिर कसैको ध्यान पुगेको छैन् केवल समाचार आएन मात्रै भनेर कुर्लर्नु पक्कै पनि राम्रो होईन सवैलाई चेतना भया ।।।








